संस्कृति संरक्षणका लागि पोखरा २६ मा तीज गीत
लेखनाथ, १२ भदौ । नेपाल नेपालीको मौलीक संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आएको पोखरा २६ को लोक सांस्कृतिक संरक्षण समितिले २४ औं पटक तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि स्थानिय उज्ज्वल आमा समुह र शिद्धेश्वर महादेव मन्दिर संरक्षण समितिको सहकार्यमा संचालन भएको प्रतियोगितामा नेपालको वर्तमान राजनितीक गतिविधी र युवाहरु विदेशिनु पर्ने बाध्यात्मक अवस्थाका वारेमा गीतहरु प्रस्तुत गरिएको थियो ।
सक्नेरी शिव मन्दिर परिसरमा भएको प्रतियोगितामा आर्दश दिदीवहिनी समुह पोखरा ३० ले प्रथम स्थान हासिल गरेको थियो भने रामज्योती मा विको विद्यार्थीको समुह द्धितिय, शिध्देश्वर योग ध्यान केन्द्र पोखरा २६ तृतिय र अधिकारी दिदी वहिनीको समुह र रिठेपानी दिदीवहिनीको समुहले सान्तवना स्थान हासिल गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले तीज पर्व नारीहरुका लागि दु:ख सुखका वेदना गीत मार्फत व्यक्त गर्ने परम्परा भए पनि अहिले आएर यस पर्वमा देशको वास्तविक गतिविधी र सुधार गर्नु पर्ने विषयलाई गीतको माध्यमवाट दिने गरेको वताए । साथै उनले तीज पर्व बाल्यकालका साथीहरु मामलीमा आएर भेटघाट हुने अवसर पनि भएको वताएका थिए ।
उज्ज्वल आमा समुहकी अध्यक्ष सरस्वती गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी भटराई, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी र निर्णायक मण्डलका संयोजक नवराज अधिकारी लगायतले तीज पर्वका बारेमा जानकारी गराएका थिए ।
उज्ज्वल आमा समुहकी सचिव तारा शर्मा ढकाल र लोक सांस्कृतिक संरक्षण समितिका सचिव कृष्ण अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेनाले गरेका थिए ।
प्रतियोगितामा १० टीमले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने समुहले १० हजार ,द्धितियले सात, तृतियले पाँच र सान्तवना हुनेले तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।







Discussion about this post