• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ सामुदायीक सेवा केन्द्रको १९औं साधारण सभा एवं तिज विशेष कार्यक्रम सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
August 24, 2025
in समाचार, स्थानीय
0
0
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, भाद्र ७ । लेखनाथ लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको १९औं वार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्रादेवी शर्माले समाजमा रहेका सबै किसिमका विकृतिहरुको न्यूनिकरण गर्दै समुदाय र प्रहरि विचको आपसी विश्वास जित्ने, समुदायलाई प्रहरीको नजिक ल्याउने कार्य गरिरहेको साथै लागुऔषध रोकथाम तथा नियन्त्रण, महिला हिंसा रोकथाम, वातावरण संरक्षणका क्षेत्रमा कास्की जिल्लाभित्रका सबै सामुदायीक सेवा केन्द्रहरुले उत्कृष्ट कार्य गरिरहेको आफुले अनुभुती गरेको वताउनुभयो ।

उहाँले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व विगतको समयमा नारिहरुले माईतीमा गएर आफ्ना दुखः पिर व्यथा विसाउने, मिठो मसिनो खाने, आफ्ना आफन्तहरुसँग पुर्नमिलन गर्ने गरेर मनाउने गरिएता पनि पछिल्लो समय तिज मनाउने तरिकामा आएको भिन्नता प्रति असन्तुष्टि जनाउनुभयो । उहाँले तिज पर्वलाई मिठो खाने र रमाईलो गर्ने पर्वका रुपमा मात्र नभई सिर्जनात्मक तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीले लेखनाथ सामुदायिक सेवा केन्द्रले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थाका सम्पुर्ण पदाधिकारीहरु एवं सदस्यहरुलाई सक्रियतापुर्वका लाग्न सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापाले संस्थाले स्थापनाकालदेखी नै विकृति विसंगती एवं लागुऔषध रोकथाम तथा नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको वताउँदै संस्थाको भवनको स्तरोन्नतीको लागि वडाको तर्फबाट वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष मोती गिरीले नेपाली मौलीक चाडपर्वहरुको महत्वहरुको बारेमा दर्शाउँदै चाडपर्वहरुलाई तडक भडक पुर्ण तरिकाले नभई मौलीकताको संरक्षण हुने गरि मनाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत गर्दै संस्थाकी अध्यक्ष गंगा कुमारी खनालले विगतदेखी नै विभिन्न आरोह अवरोहहरु झेल्दै यहाँसम्म आईपुगेको संस्थाले सवैको सहयोगको कारण जग्गा व्यवस्थापन गरी आफ्नै भवन निर्माण गर्न सफल भएको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको वताउनुभयो ।

उहाँले संस्थाको नारा नै विकृति विसंगती रहित समाजको निर्माण हाम्रो अभियान रहेको वताउँदै सभ्य समाज निर्माणको लागि संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा संस्थालाई पुर्याएको योगदानको कदर गर्दै ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क, प्रहरी निरिक्षक हरी बहादुर सलामी र प्रहरी सहायक हवल्दार तारा प्रसाद पंगेनिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, शसस्त्र प्रहरी उपरीक्षक सुर्य प्रसाद तिमिल्सीना, राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका प्रमुख उप अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायत विभिन्न संस्था, आमा समुह, टोल विकास संस्था प्रतिनिधीहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।

कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद ओझाले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव विनोद थापा र धन्यवाद ज्ञापन कार्यक्रमका संयोजक एवं संस्थाकी कार्यसमिति सदस्य सुमित्रा बन्जराले गर्नुभएको थियो ।

तस्विर : सञ्जिव घिमिरे

Previous Post

पोखरा–२७ को तीजगीतमा सुन्दरी प्लट आमा समुह प्रथम

Next Post

पोखरा – २९ मा तीज महोत्सव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
पोखरा – २९ मा तीज महोत्सव

पोखरा – २९ मा तीज महोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?