लेखनाथ, ५ भदौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा न–२७ ले आयोजना गरेको तीजगित प्रतियोगितामा सुन्दरी प्लट आमा समूह रिठेपानीले प्रथम स्थान हासिल गरेको छ ।
वडाले हरेक बर्ष जसो गर्दै आएको तीजगित प्रतियोगितामा विभिन्न टोल विकास सस्था र आमा समुहका गरि २३ समुहले सहभागीता जनाएका थिए ।
सहभागी समुह मध्यबाट नर्मदा स्मृति आमा समूह तालचोक द्धितिय, पन्डितथर आमा समूह तृतीय, शिरोमणि ज्यामिरकुना आमा समूह र डाँडाको नाक आमा समुह सान्त्वना भएको वडा सदस्य जितेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । यसैगरि नृत्य तर्फ माछापुच्छ्रे आमा समूह प्रथम र डाँडाको नाक आमा समुह द्धितिय भएका हुन् । प्रतियोगितामा विजयी प्रथमले २० हजार, द्धितियले १५ हजार, तृतियले १० हजार, सान्त्वनाले ५/५ हजार प्राप्त गरेका थिए ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सभासद सरस्वती गुरुङले आफनो धर्म र सस्कृतीलाई जोगाई राख्नका लागि तडक भडक रहित तीज मनाउनु पर्नेमा जोड दिदै महिलाहरुले गाउने गीतले राष्ट्रिय राजनितीक समस्या, बाध्यात्मक बैदेशिक रोजगार,आय आर्जनका लागि कृर्षी उपात्पादन लगाएका विषयलाई उठान गर्नु पर्ने सुझाव राखेकी थिईन ।
पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक बुद्धिमाया थापा मगर र कार्यक्रम संचालन सह संयोजक लक्ष्मी वि क ले गरेकी थिईन ।
प्रतियोगिताको निर्णायक संयोजकमा बरिष्ठ लोक दोहोरी गायक जिवन दाहाल, दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्व अध्यक्ष शिवहरि ढुगाना, दोहोरी गायक प्रेमराज अधिकारी र सिला ढकाल रहेका थिए ।






Discussion about this post