• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेउवा संघको १५ औं अधिवेशनका लागि दुई समुह चुनावी मैदानमा

ओझा समुहले ग¥यो चुनावी प्रतिवद्धता पत्र सहित उमेदवार घोषणा । एक कार्यकाल एक महोत्सव

Ramsharan Nepali by Ramsharan Nepali
August 21, 2025
in समाचार, स्थानीय
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ५ भदौ । साविक लेखनाथ नगरपालिका,मादी र रुपा गाउपालिकमा क्षेत्र भित्रका उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको २९औ साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीलाई चुनावी माहोलले तताएको हो ।

संघको अधिवेशन भदौ २० र २१ गते हुँदैछ । अधिवेशनमा केन्द्रित भएर राजेन्द्र ओझा र जानुका पराजुली अधिकारीले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका प्रत्यासी ओझा लेखनाथ उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन भने अधिकारी महासचिव हुन । दुबै समूहले मतदाताको घरदैलोमा पुगेर भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

चुनावलाई नै केन्द्रित गरेर राजेन्द्र ओझा टिमले बिहिवार प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । लेखनाथको तालचोकमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार राजेन्द्र ओझाले आफ्नो टिमको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले हाम्रो आधार, हाम्रो दृष्टि, हाम्रो लक्ष्य, हाम्रो प्रतिवद्धता र विशेष योजना लगायत ६ वटा बुँदामा आफ्नो चुनावी प्रतिवद्धता व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष, पदाधिकारी र सदस्य पदका उम्मेदवारको परिचय समेत गरिएको थियो ।

अध्यक्ष पदका उम्मदेवार ओझाले संघमा वि स २०७२ सालमा कार्यसमितिको सदस्यका रुपमा प्रबेश पाएपछि कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र हालको वरिष्ठ उपाध्यक्ष भएपछि कहाँ जाने हो भन्ने प्रतिप्रश्न गर्दै अध्यक्ष पदमा उमेदवारी दिएको वताएका थिए ।

आफु संघमा प्रवेश गरे देखि नै संस्थागत हित र अग्रजलाई सम्मान गर्दै अगाडी वढेको र भोलीका दिनमा पनि संघले अगाडी सारेका निती तथा नियमको पुर्ण रुपमा पालना गर्दै अल्पकालिन, दिर्घकालिन र मध्यकालिन योजनालाई आत्मसाथ गर्दै आम ब्यवसायिहरुको सुझाव अनुरुप नै एक कार्यकाल एक ऐतिहासिक महोत्सव गर्ने घोषणा गरेका छन्

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उपेन्द्रराज सुवेदी (राजु)ले विधि, प्रक्रिया र क्रमागतको पद्धतीलाई आत्मसाथ गर्दै यो टिम अगाडी वढेको वताएका थिए भने संघका पुर्व अध्यक्ष वलराम ढकालले संघको ऐतिहासिक गरिमालाई वचाई राख्नका लागि पुर्व अध्यक्षहरुबाट सर्वसम्मतको प्रयास गरिए पनि असम्भव भएकाले वाध्य भएर चुनावमा जानु परेको बताए ।

अध्यक्ष पदका उमेदवार राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उपेन्द्रराज सुवेदी (राजु) र कार्यक्रम सञ्चालन महासचिवका उम्मेदवार जीवन तिवारीले गरेका थिए ।

संस्थापन पक्षको प्रतिनिधीत्व गर्दै हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको टिममा वर्तमान प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) वरिष्ठ उपाध्यक्षमा, महिला उद्यमी मेनुका श्रेष्ठ प्रथम उपाध्यक्ष, सल्लाहकार धिरज कुमार श्रेष्ठ द्धितिय उपाध्यक्ष, महासचिवमा गत वर्ष जानुका अधिकारीसँग महासचिव पदमा नै पराजित जिवन तिवारी, उप महासचिवमा कार्यसमिति सदस्य लक्ष्मी ढुगाना (एल.पी.) र कोषाध्यक्षमा कार्यसमिति सदस्य नै रहेका टिकाराम सापकोटा छन् ।

यसैगरि ओझा समुहको तर्फबाट सदस्यमा कृष्ण प्रसाद सुवेदी, घनश्याम ढुगाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ र भिमप्रसाद सुवेदी (सन्तोष) छन् भने महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुवेदी तिवारी छन् ।यस्तै एशोसियट सदस्यमा प्रवेश बञ्जरा र संस्थागत सदस्यमा बिरभद्र कडेल रहेका छन् ।

यता महासचिवबाट अध्यक्ष पदका लागि उमेदवारी दिने घोषणा गरेकी जानुका अधिकारी पराजुलीको टिमको वरिष्ठ उपाध्यक्षमा पुर्व द्धितिय उपाध्यक्ष भईसकेका गोपिचन्द्र वास्तोला, वर्तमान द्धितिय उपाध्यक्ष विक्रम कर्माचार्य प्रथम उपाध्यक्षमा, हालका कोषाध्यक्ष ध्रुवबावु भटराई द्धितिय उपाध्यक्षमा, हालका उप महासचिव भरतराज ओझा महासचिवमा, कार्यसमिति सदस्य गंगा मल्ल उप महासचिव र कार्यसमिति सदस्य नै रहेका हरी वस्ताकोटी कोषाध्यक्ष पदका उमेदवार रहेका छन् ।

यसैगरि जानुकाको समुहबाट सदस्य पदका लागि प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, विरेन्द्र भुर्तेल, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना, सन्दिप बुढाथोकी र महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा परियार छन् भने एशोसियट सदस्यमा दयाराज भण्डारी र संस्थागत सदस्यमा दुवै समुहबाट बिरभद्र कँडेलको नाम समावेश गरिएको छ ।

Previous Post

विकासका काममा सहकार्य आवश्यकः प्रमुख आचार्य

Next Post

पोखरा–२७ को तीजगीतमा सुन्दरी प्लट आमा समुह प्रथम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
पोखरा–२७ को तीजगीतमा सुन्दरी प्लट आमा समुह प्रथम

पोखरा–२७ को तीजगीतमा सुन्दरी प्लट आमा समुह प्रथम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?