लेखनाथ, ८ भदौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा न–२९ ले तीज महोत्सव गरेको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि वडा भित्र रहेका आमा तथा महिला समुहलाई एकै ठाउमा भेला गरि नाच गान सहितको तीज महोत्सव सम्पन्न गरेको हो ।
वडा स्तरिय तीजगित प्रतियोगितामा लगनशील महिला समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा विभिन्न टोल विकास संस्था र आमा समुहका गरी १२ समूहले सहभागीता जनाएका थिए । सहभागी समुह मध्येबाट नारी उत्थान आमा समूह द्धितीय, आमा मिलन समूह तृतीय, नवीनज्योति महिला समूह र मिलिजुली आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे । यसैगरी नृत्य तर्फ जनप्रकाश मा विको समूहले जितेको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उप मेयर मञ्जुदेवी गुरुङले आफनो धर्म र संस्कृतिलाई जोगाई राख्नका लागि महिलाहरुले गाउने गीतले जनचेतना जगाउनु पर्ने सुझाव राखेकी थिईन् ।
पोखरा महानगरपालिका वडा नं २९ की वडासदस्य एवम् कार्यपालिका सदस्य निर्मला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष श्रीप्रसाद गुरुङले संस्कृति जगाउनु वडाको कर्तव्य भएको वताए ।
कार्यक्रम सञ्चालन वडासदस्य कालीदास पोखरेल र वडासचिव दुर्गा न्यौपानेले गरेका थिए । प्रतियोगिताको निर्णायक संयोजकमा लोक दोहोरी गायक तारापति सुवेदी, शिबहरि ढुंगाना र सितला अधिकारी रहेका थिए ।






Discussion about this post