लेखनाथ, १७ साउन । नेवाःखल कास्कीको आव्हान र शिशुवा नेवाः खलको आयोजनामा यस वर्षको कास्की जिल्लास्तरीय २६ औं तायाःमचा नृत्य प्रतियोगिता लेखनाथमा हुने भएको छ ।
सांस्कृतिको संरक्षण, स्थानीय मौलिक परम्पराको प्रवद्र्धन र भावी पुस्तालाई सिप हस्तान्तरण गर्ने उदेश्यले हरेर वर्ष गरिदै आएको प्रतियोगिता यस वर्ष पोखरा–३० को शिशुवा चोकमा आगामी साउन ३१ गते हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
प्रतियोगिताबाट नेवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । वि स २०५४ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष पनि गाईजात्रा पर्वकै अवसरमा तायाःमचा नृत्य प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा ३५ टिमको सहभागिता रहने भएको छ ।
प्रतियोगिता संचालनका लागि करिब ३३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई सफल बनाउन पोखरा महानगरपालिका, स्थानीय संघसंस्था र समुदायको उल्लेखनीय सहयोग प्राप्त भएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई एक लाख ११ हजार एक सय ११, द्धितीयलाई ७७ हजार सात सय ७७, तृतीयलाई ५५ हजार पाँच सय ५५ र सान्त्वनालाई २५ हजार ५ सय २५ नगद सहित आकर्षक पुरस्कार प्रदान गरिने छ ।
यसैगरि महिला तर्फको प्रतियोगितामा प्रथमलाई ४० हजार, द्धितियलाई ३० हजार, तृतियलाई २५ हजार र सान्त्वनालाई २० हजार सहित बिभिन्न विधामा समेत पुरस्कृत गरिने भएको छ ।
कार्यक्रममा नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः संस्कृति, समुदायिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै तायाःमचा नेवारको समुदायको मात्र पर्व नभइ सवै समुदाय भएको मौलीक सस्कृती र नेपालको पहिचान भएको वताएका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नंं ३० वडा वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले नेवार समुदायको मौलिक संस्कृति पहिचान र परम्परागत मनाइने ताया मचा नृत्य प्रतियोतात्मक रुपमा थप व्यवस्थित बनाउन र प्रतियोगितालाई सांस्कृतिक उत्सवका रुपमा विकास गर्नुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा प्रतियोगिताका मुल संयोजक अर्जुनकुमार ताम्राकारले २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वले सामाजिक रुपमा सदभाव, माया प्रेम र भाईचारको सन्देश प्रवाह गरेको र समाजलाइ एक सुत्रमा वाध्न सफल भएको बताउदै संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई सिप हस्तान्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष साहारा प्रधानले सवैको साथ र सहयोगले विगतका प्रतियोगिता सफल भएका र यस खालको प्रतियोगिताले समग्र कास्की जिल्ला कै पहिचान झल्काउने विश्वास ब्यत्ति गरेका थिए । उक्त कार्यक्रमको संचालन सह संयोजक भैरवलाल श्रेष्ठले गरेका थिए ।






Discussion about this post