• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रोट्र्याक्ट क्लब अफ लेखनाथको १५औं पदस्थापन समारोह

Ramsharan Nepali by Ramsharan Nepali
July 29, 2025
in समाचार, स्थानीय
0
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १३ साउन । रोट्र्याक्ट क्लब अफ लेखनाथको १५औं पदस्थापन समारोह शनिबार सम्पन्न भएको छ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले १५औं अध्यक्षको रुपमा रोटा वर्ष २०२५/२६ का लागि कमल गौतमलाई चयन गरेको थियो ।

क्लबका वर्ष २०२४/२५ का अध्यक्ष सर्वेन्द्र न्यौपाने नेतृत्वका पदाधिकारीले वर्ष २०२५/२६ का लागि निर्वाचित कमल गौतम लगायतका पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेका हुन् । नवगठित समितिलाई पद तथा गोपनीयताको शपथ गराउँदै कार्यक्रममा बिशिष्ट अतिथि रोटा बर्ष २०२५–२०२६ का ADRR डा अनुपा वाग्लेले सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिईन । क्लवका नयाँ सदस्यहरुलाई ZRR श्रीनाथ वाग्लेले सपथ ग्रहण गराएका थिए ।

समारोहमा वर्तमान अध्यक्ष कमल गौतमले वर्ष २०२५/२६ को बोर्डलाई परिचित गराउँदै शपथ ग्रहण गराएका थिए । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष सर्वेन्द्र न्यौपानेले वर्ष २०२४/२५ मा गरेका कार्यहरूको प्रकाश पार्दै वर्ष २०२४/२५ मा विशेष सहयोग गर्ने सदस्यहरूलाई सम्मान समेत गरेका थिए ।

सम्मानीत हुनेहरुमा वर्ष २०२४/०२५ को उत्कृष्ट रोट्रयाक्टमा सुशान्त मणि दाहाल, उत्कृष्ट अध्यक्षमा सल्लाहकारमा चिरञ्जीवी न्यौपाने, उत्कृष्ट उदयीमान सदस्यमा स्वच्छन्द आत्रेय र उत्कृष्ट सदस्यमा कमल गौतम रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय खगराज अधिकारीले युवाहरू सामाजिक कार्यमा लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ रहने बताएका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथि रोटा बर्ष २०२५–२०२६ का ADRR डा अनुपा वाग्ले, अतिथि रोटा बर्ष २०२५–२०२६ का ZRR श्रीनाथ वाग्ले, अतिथि शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका का निवर्तमान अध्यक्ष छ्त्रधर आत्रेय, त्रिवेणी इन्टरनेशनल कलेजका अध्यक्ष सुमन भट्टराई, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, त्रिवेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरा ३०, मोहोरियाका अध्यक्ष ऋषिराम जमरकटेल, रोट्रयाक्ट क्लब अफ लेखनाथका पूर्व अध्यक्षहरू तथा निवर्तमान अध्यक्ष रोट्रयाक्ट कृष्ण तिवारी, २०२४/२५ र २०२५/२६ का सम्पुर्ण जोन र डिष्ट्रिक्ट पदाधीकारी जोन १६ का पदाधिकारीहरु र सम्पुर्ण अध्यक्षहरु, लेखनाथ उद्योग वाणिज्य संघका सम्पुर्ण पदाधिकारीहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु एवं सामाजीक व्यक्तित्वहरुको उपस्थीती रहेको थियो ।

उक्त अवसरमा वर्ष २०२४/०२५ का सञ्चालनमा आएको क्लवको वेबसाईटको पनि  प्रमुख अतिथि खगराज अधिकारीले औपचारीक रुपमा उद्घाटन गरेका थिए । नवनिर्वाचित अध्यक्षको परिचय क्लवका पुर्वअध्यक्ष सुजन न्यौपानेले गरेका थिए भने प्रमुख अतिथीको परिचय प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, पोखरा ३०, मोहोरियाका अध्यक्ष ऋषिराम जमरकटेलले गराएका थिए ।

कार्यक्रम संयोजक स्वच्छन्द आत्रेयले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव नविन अधिकारीले गरेका थिए ।

Previous Post

पोखरा २७ मा जेष्ठ नागरिक सेवा समाज गठन

Next Post

तायाःमचा नृत्य प्रतियोगिता लेखनाथमा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
तायाःमचा नृत्य प्रतियोगिता लेखनाथमा

तायाःमचा नृत्य प्रतियोगिता लेखनाथमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?