लेखनाथ १२, साउन । पोखरा महानगरपालिका वडा नम्वर २७ मा राममणि भट्टराईको अध्यक्षतामा जेष्ठ नागरिक सेवा समाज नेपाल गठन गरिएको छ । प्रजातन्त्रका सेनानी स्वर्गीय भोजराज सुवेदीको परिकल्पना मुताविक गठन भएको सेवा समाजको दोस्रो अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा रमादेबी पौडेल, सचिबमा कलाधर सापकोटा, सह–सचीवमा नारायण सापकोटा र कोषाध्यक्ष भरतराज भट्टराई रहेका छन् भने समितिको सदस्यहरुमा भरतराज भट्टराई, रोमनाथ न्यौपाने, चुणामणी ढुंगाना, दन्डपाणी पौडेल, वीर बहादु गुरुङ र नन्दलाल बि.क रहेका छन् ।
भेलाले समाजको सल्लाहकार समितीमा वडा नम्वर २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, विजयपुर सिंचाई प्रणाली जलउपभोक्ता सस्थाका निवर्तमान अध्यक्ष प्रयागराज भन्डारी, स्थानिय समाजसेवी मेघमणी सुवेदी, रामनरेश यादव, ज्ञानेन्द्र अधिकारी र माधव अधिकारीलाई चयन गरेको हो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिक समाजका ऐना भएकाले उहाँहरुको अनुभवलाई समाजको विकासका लागि प्रयोग गर्न सकिनेमा जोड दिएका थिए ।
सोही अवसरमा वडा नम्वर २७ का कार्यवाहक अध्यक्ष जितेन्द्र क्षेत्रीले जेष्ठ नागरिक समाजका लागि जिउदो ईतिहास भएकोले उहाँहरुलाई समाजिक रुपमा सम्मान र घर परिवारमा उचित रुपमा रेखदेखको वातावरण मिलाउन सक्नु पर्ने सुझाव राखेका थिए ।







Discussion about this post