कास्की को मादी गाउँपालिका वडा नं १२ का वडाध्यक्ष कृष्णराज दाहाल करिव एक वर्षदेखि अमेरिकामा रहेका छन् ।
डीभी परेर अमेरिका पुगेकी वडाध्यक्ष दाहाल कि श्रीमती लाई भेट्न वडा सदस्य लक्ष्मी गिरीलाई २०८१ असार १६ गते कार्यवाहक दिएर अमेरिका पुगेका हुन् ।
परिवारका सदस्य दुर्घटनामा घाइते भएकाले उपचारका लागि एक सातालाई काठमाडौं जानुपर्ने कारण देखाएर कार्यवाहक दिएका थिए।
अमेरिका पुगेपछि उनले पटक पटक सन्देश पठाएर मौका मागे पनि एक वर्ष हुँदा पनि उनी फर्किएका छैनन् ।
कार्यबाहक दिएर अमेरिका पुगे पनि वडाध्यक्षको सेवा सुबिधा भने रोक्किएको छैन। उनी अमेरिका गएपछि गाउँपालिकाले उनको खातामा विभिन्न शिर्षक गरेर ५ महिनासम्म कुल १ लाख ३३ हजार ६ सय ५० रुपैयाँ जम्मा गरेको छ । पुसको सभामा अनुपस्थित भएपछि सेवासुविधा रोकिएको गाउँपालिकाले जानकारी दिएको छ ।







Discussion about this post