• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाई

‘साधारण जीवन र शालिन व्यवहारका पर्याय पराजुली’

Ramsharan Nepali by Ramsharan Nepali
July 28, 2025
in समाचार, स्थानीय
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ११ साउन l पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक पराजुलीलाई आइतबार विभागले एक समारोहका बीच बिदाई गरेको हो ।

विभाग सभाहलमा भएको कार्यक्रममा पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, इतिहासका पूर्व विभागीय प्रमुख प्रा.डा. ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।

क्याम्पस प्रमुख पाठकले शिक्षण अवधिमा पराजुलीको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे । ‘उहाँले शैक्षिक तथा प्रशासनिक नेतृत्वमा जिम्मेवार र कुशल ढंगले कार्यभार पूरा गर्नुभयो ।’ डा. पाठकले भने – ‘पराजुली सर सेवा निवृत्त हुनुभएपनि उत्तिकै सक्रिय र उर्जाशील हिसाबमा जीवन अघि बढाउनुहुनेछ भन्ने कामना गर्दछौँ ।’

सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले सहप्राध्यापक पराजुलीसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरे । इतिहास विभागका पूर्व प्रमुख प्रा.डा. ज्ञानबहादुर कार्कीले इतिहास विभागलाई आजको यो अवस्थामा ल्याउन सहप्राध्यापक पराजुलीको अग्रणी भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका इतिहास विभागका प्रमुख नारायण ढकालले सहप्राध्यापक पराजुलीले ३ वर्ष विभागको नेतृत्व गर्दा उल्लेख्य प्रगति गरेको बताउँदै इतिहास विषयमा विद्यार्थीहरुको रुची बढ्दै गएको उल्लेख गरे । ‘साधारण जीवन र शालिन व्यवहार बसन्त पराजुली सरको पर्याय हो । सबैसँग मिल्न सक्ने भएकै कारण मनमा, मुटुमा, आँखामा बसन्त सर रहिरहनुहुनेछ । सेवा निवृत्त भएपनि विभागलाई उहाँको सहयोग मिलिरहनेछ ।’ विभाग प्रमुख ढकालले भने ।

सेवा निवृत्त सहप्राध्यापक पराजुलीले तीन दशक लामो शिक्षण पेशा नै पहिचानको आधार भएको उल्लेख गर्दै आफूले शिक्षा क्षेत्रका लागि सक्दो दिएको र सन्तुष्टि मिलेको बताए । उनले शुभकामना र सम्मानका लागि आभार पनि व्यक्त गरे ।

उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत तथा विभागका सदस्य तोयनारायण देवकोटाले सञ्चालन गरेको बिदाई कार्यक्रमा लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी विपिन आचार्यले पराजुलीले गरेको शैक्षिक योगदानको प्रशंसा गरेका थिए ।

इतिहास विभागको तर्फबाट सहप्राध्यापक डा. दीर्घमान गुरूङ, सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, पूर्व विभागीय प्रमुख राधा भण्डारी लगायतले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।

Previous Post

सृजना वहिरा स्कुल पछाडीको वाटो उद्घाटन

Next Post

वडा सदस्यलाई कार्यवाहक दिएर एक वर्षदेखि वडाध्यक्ष अमेरिकामा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वडा सदस्यलाई कार्यवाहक दिएर एक वर्षदेखि वडाध्यक्ष अमेरिकामा

वडा सदस्यलाई कार्यवाहक दिएर एक वर्षदेखि वडाध्यक्ष अमेरिकामा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?