लेखनाथ ११, साउन । पोखरा महानगरपालिका वडा नम्वर–२६ को जरुवा स्थीत सृजना बहिरा स्कुल पछाडीको बाटोको आईतबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
पानी नहुदाँ धुलो र पानी हुदाँ हिलो भएर हैरानी खेपीरहेका त्यस क्षेत्रका उपभोक्ताको माग अनुसार पोखरा महानगरपालिका वडा नम्वर–२६ को आर्थीक सहयोग र जनश्रमदानबाट वहिरा स्कुल पछाडीबाट सुजना टोल जाने करिव एक सय ४२ मिटर लम्वाईको बाटोमा दाया वाया नाला सहित ढलान गरिएको हो ।
पोखरा महानगरपालिका वडा नम्वर–२६ को २० लाख र स्थानियको करिव चार लाख ५० हजार जनसहभागीतामा स्तरोन्नती गरिएको बाटोको उद्घाटन गर्दै वडाअध्यक्ष नरेन्द्र थापाले जहाँ आवश्यकता त्यहाँ विकास भन्ने नितीका साथ आफु अगाडी वढेको प्रसंग उठाउदै वडाको विकासका लागि जनतासँग सहकार्य गर्दै आगामी दिनमा योजना बैकमा रहेका योजनालाई प्रथामिकताका आधारमा अगाडी वढाउने धारणा राखेका थिए ।
बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वाटो निर्माण उपभोक्ता समितिका सदस्य मिनराज पौडेल, सल्लाहकार गणेशभत्त अधिकारी, सृजना टोल विकास सस्थाका अध्यक्ष हरि वहादुर लामिछाने लगाएतले विकासका लागि सरकारी योजनामा जनसहभागीता रहयो भने गुणस्तरीय र सानो लगानीबाट पनि ठुलो काम हुने सुझाव राखेका थिए ।






Discussion about this post