पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका २७ उपशाखाको व्यवस्थापन र विपद् व्यवस्थापन उपसमितिको आयोजनामा शनिवार विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
उपशाखाका उपसभापति तथा कार्यक्रम संयोजक नारायणी भट्राई रक्षाको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति उर्मिला खड्काले मानवीय सेवा रेडक्रसको मूल मर्म भएकाले रेडक्रसकर्मीहरुले विपद् व्यवस्थापन गर्दै मानवीय पीडा कम गर्न लागिपर्नुपर्नेमा जोड दिइन् ।
उपशाखाकी सचिव प्रभा पौडेलले रेडक्रसका सात सिद्धान्त वाचन गरेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नं २७ की वडा सदस्य बुद्धिमाया थापामगर, लेखनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा , पोखरा महानगरपालिकाका वडा नं २७का विपद् व्यवस्थापन समिति संयोजक बालगोपाल श्रेष्ठ, सहभागी महिलाको तर्फबाट शिव गिरी, सहभागी पुरुषको तर्फबाट शिव सुवेदी लगायतले आ आफना धारणा राखेका थिए ।
उपशाखाका सभापति बोधराज लामिछानेले स्वागत गरेको कार्यक्रममा प्रशिक्षकहरु नेपाल रेडक्रस सोसाइटी कास्कीका नवराज भण्डारी ,कोषाध्यक्ष मोहनसिंह खडका र नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व मन्त्री प्रकाशलाल श्रेष्ठले प्रशिक्षण दिएका थिए भनेलवडा नं २७ भित्रका टोल विकास संस्था तथा क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सञ्चालन उपसमितिका सचिव कृष्ण गौतमले गरेका थिए ।







Discussion about this post