लेखनाथ,११ साउन । पोखरा महानगरपालिका वडा नं २७ मा क्षेत्री समाज नेपाल वडा समिति गठन गरिएको छ । समाजको तेश्रो साधारण सभा तथा दोश्रो अधिबेशनले लक्ष्य बहादुर खत्रीको अध्यक्षतामा नौ सदस्यीय वडा समिति र शर्मिला अधिकारी क्षेत्रको अध्यक्षतामा नौ सदस्यीय महिला समिती गठन गरिएको हो ।
नव गठित समितिको उपाध्यक्षमा शन्तोष भण्डारी,सचिवमा रेशम वहादुर थापा,कोषाध्यक्षमा गंगा वस्नेत र सदस्यहरुमा गोप बहादुर अधिकारी,सुष्मा कुमारी क्षेत्री,रमा धमला क्षेत्री,देव बहादुर लामिछाने र बुद्धि वहादुर क्षेत्री रहेका छन् ।
समाजका ज्येष्ठ सदस्य चित्र बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडासदस्य तथा क्षेत्री समाज पोखरा–२७ का सस्थापक अध्यक्ष जितेन्द्र बहादुर क्षेत्रीले जातीय एकता र आफनौ मौलीक सस्कृतीको संरक्षण गर्दै दाजुभाईहरुका विचको भाइचारको सम्वन्ध विस्तारका लागि जातीय समाज हुनु पर्नेमा जोड दिएका थिए ।
रिठेपानी इकाइ समितीका सस्थापक सचिव तुल बहादुर क्षेत्रीले संचालन गरेको कार्यक्रममा पोखरा २७ का वडासदस्य सुर्य बहादुर वाग्ले,क्षेत्र शक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष सप्त बहादुर जि.सी.,क्षेत्री समाज पोखरा महानगरका अध्यक्ष कृष्ण बहादुर थापा,सामाजिक तथा राजनैतिक ब्यक्तित्व गोबिन्द वाग्ले, लेखनाथ उद्योग बाणिज्य सघकी महासचिव जानुका अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।







Discussion about this post