लेखनाथ, ११ साउन । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको लेखनाथ वचत तथा ऋण सहकारी सस्थाले गत आर्थीक वर्ष २०८१/८२ को वार्षिक समिक्षा र आगामी आर्थीक वर्ष २०८२/८३ बजेट तयारीका वारेमा छलफल गरेको छ ।
आगामी आर्थीक वर्षका लागि योजना बनाउदा गत आर्थीक वर्षमा भए गरेका कामको प्रगति विवरण र सच्याउनु पर्ने विषयमा कार्यसमिति,सल्लाहकार र विभिन्न उप समितिका सदस्यहरुका विच शनिवारको कार्यक्रम नितीगत सुधारका बारेमा छलफल गरिएको हो ।
सस्थामा आवद्ध एक हजार सात सय ८१ सेयर सदस्यहरुबाट सात करोड ३० लाख १७ हजार छ सयको सेयर पुँजी रहेको सस्थाले गत आर्थीक वर्षमा विभिन्न क्षेत्रमा लगानी गरि गरेको आम्दानी पाँच करोड ६२ लाख ९० हजार एक सय ८६ बाट खुद खर्च तीन करोड ८३ लाख ६६ हजार नौ सय दुई रुपियाँबाट खर्च कटाएर भण्डै एक करोड ८० लाख अम्दानी गर्न सस्था सफल भएको वताईएको छ ।
कार्यक्रममा सस्थाका ब्यवस्थापन गोविन्द लामिछानेले बार्षिक प्रगति विविरण र आगामी दिनमा गर्नु पर्ने कार्य योजनाका बारेमा जानकारी गराएका थिए भने अधिकाम्स सहभागीले सहकारीका क्षेत्रमा देखिएका समस्यालाई सुधार गर्नका लागि सरकारले ल्याएको संसोधित ऐन अब्यवहारीक भएको गुनासो राखेका थिए ।
सोही अवसरमा सस्थाका अध्यक्ष हरि वहादुर जि सीले वर्तमान ब्यवस्था गतिलो नहुदाँ सहकारीमा समस्या देखिएकाले यसका लागि आम नेपालीहरु सजक हुनका लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा सस्थाका कोषाध्यक्ष सुधिरमणि लामिछानेले सस्थाका आर्थीक अवस्था र सुधार गर्नु पर्ने पक्षका वारेमा जानकारी गराएका थिए भने कानुनी सल्लाहकार खगेन्द्रराज आचार्य,सल्लाकार शेखरनाथ लामिछाने,किरणराज पौडेल र सचिव शिवप्रसाद भण्डारी लगाएतले अवका दिनमा सहकारीले खर्च कटाएर सस्थालाई चलाएमान वनाउन सक्ने कार्ययोजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।
यसैगरि सस्थाले शनिवार नै पोखरा २७ को जय गुरुदेव मन्दिर परिसरमा बृक्षारोपण र गत वर्षहरुमा लगाईएका विरुवाको गोडमेल गरिएको थियो ।







Discussion about this post