लेखनाथ, ३० असार ।
पोखरा महानगरपालिका वडा नंं २७ स्थित परमार्थनगर, डाँडाको नाकमा सुविधा सम्पन्न आवसीय पितृमोक्ष भवन उद्घाटन गरिएको छ ।
विषेश कार्यक्रमका विच पोखरा महानगरपालिका वडा नंं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले सुविधा सम्पन्न आवसीय पितृमोक्ष भवनको उद्घाटन गरेका हुन् । उनले जुन भवन पवित्र मनले निर्माण सम्पन्न भएको छ सोही अनुसार सहि रुपमा प्रयोग र सदुपयोग हुने विश्वास लिदै सम्पूर्ण चन्दादातालाई धन्यवाद दिँदै भवन संरक्षण गर्न स्थानीयलाई आग्रह गर्दै उनले जसको घर छैन डेरामा बस्नुपर्ने बाध्यता छ उनीहरुकालागि अन्तिम संस्कार कार्य गर्नका आवसिय ब्यवस्था समेत भएको बताए ।
संस्थाका अध्यक्ष चतुराखर अधिकारीले स्थानीयलाई मर्दा र पर्दा गरीने अन्तिम संस्कार गर्नका लागि भवनको आवश्यकता भए सँगै विविध कारणले समस्याको निराकणका लागि दुईतले सुविधा सम्पन्न भवनको निर्माणले कृयाकर्म गर्ने सम्पूर्ण सामग्रीको समते ब्यवस्था गरिएको बताए । उनले हामी र हाम्रो संस्थाबाट निर्माण कार्य सम्पन्न गरिएको र सवैसवैमा सहर्ष रुपमा सहयोग गर्नुहुने चन्दादातालाई थप सामाजिक कार्यमा लाग्न शुझाव राखे ।
संस्थाका कोषाध्यक्ष हरिप्रसाद त्रिपाठीले २०८० सालको माघ ५ गतेको स्थानीयको भेलाले भोला लामिछानेको संयोजनमा शुरु भएको भवन निर्माणको प्राविधिक र आर्थिक सहयोग मार्फत उदार मन भएका सहयोग दातालाई धन्यवाद दिदै वडा कार्यालयको प्राविधिक सहयोग रु ४ लाख ७४ हजार चार सय ५० र चन्दादाताको सहयोगमा रु. चारलाख ९३ हजार एक सय ४९ गरी जम्मा आठलाख ८० हजार ६ सय ७५ को लागतमा २ तले सुविधा सम्पन्न आवासीय पितृमोक्ष भवन निर्माण भएको बताए ।
कार्यक्रममा लेखनाथ सामुदायीक प्रहरी सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनाल, संस्थाका उपाध्यक्ष गणेशराज धमला र सचिव रामजी लामिछाने लगायतले आ आफ्नो धारणा राखेका थिए ।







Discussion about this post