लेखनाथ, २९ असार । पोखरा महानगरपालिका वडा नं २९, भण्डारढिकमा रहेको लेखनाथ खेलमैदानमा बास्केटवल कोट निर्माण गरिएको छ ।
आदर्श युवा क्लब र संयुक्त गोरखा भूतपूर्व सैनिक क्लवको संयोजनमा निर्मित बास्केटबल कोर्टको शनिवार एक कार्यक्रमका विच उद्घघाटन गरिएको हो ।
उद्घघाटन कार्यक्रमको प्रमुख अतिथि वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले बास्केटबल कोर्टको उद्घाटन गरे । प्रमुख अतिथि गुरुङले भण्डारढिक रङ्गशालाको स्तर उन्नतिका लागि प्रदेश सरकारबाट रु ३ करोड विनियोजन भइसकेको जानकारी दिए ।
सानो बजेटमा गरिएको उत्कृष्ट कार्यको प्रशंसा गर्दै, आगामी दिनमा कम्पाउण्ड वाल वृक्षारोपण र अन्य पूर्वाधारमा थप बजेट खर्च गरिने जानकारी दिए । यस रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बास्केटबल कोर्ट निर्माण गरिएको समेत उनले बताए । भने ११ लाख ७७ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको कोटमा १ लाख ७७ हजार जनश्रमदान गरिएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, संयुक्त गोरखा भूतपूर्व सैनिकका अध्यक्ष जङ्गबहादुर गुरुङ,वडा सदस्य छेत्रबहादुर गुरुङ, क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ तथा नौविसे टोल संस्था अध्यक्ष ठाकुर घिमिरे लगायतले निर्माण गरिएको वास्केटवल कोटको भरपुर रुपमा प्रयोग गरि विशेष गरि युवाहरुलाई खेल क्षेत्रमा अग्रसर गराउन अनुरोध गरेका थिए ।
कार्यक्रममा स्थानिय टोलीका विच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिताको पनि आयोजना गरिएको थियो, जसले उद्घघाटन समारोहलाई झनै आकर्षक बनाएको थियो । क्लवका अध्यक्ष पदम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोष गुरुङले गरेका थिए ।






Discussion about this post