लेखनाथ, २९ असार । सिर्जना बहिरा स्कुल पछाडीबाट सृजनशिल टोल जाने बाटो स्तरोन्नतिको निर्माण काममा सहभागी श्रमिकहरुलाई सम्मान गरिएको छ ।
राम्रो काम गरेमा गालि होईन सम्मान पाईन्छ भन्ने भनाईलाई सार्थक रुप दिदै उपभोक्ता समिति अर्घौंले काममा सहभागी श्रमिकहरूलाई सम्मान गरेको हो ।
पोखरा महानगर वडा नं. २६ को २० लाख र उपभोक्ता समिति मार्फत ३ लाख ५८ हजार ७८३ रूपैया ८४ पैसा गरी कुल रकम २३,५८,७८३।८४ जम्मा गरी १४५ मिटर ढलान बाटो र दुबै तर्फ नाला निर्माण कार्य सम्पन्न भएको हो ।
बाटो तथा निर्माण कार्यमा श्रमिकहरूद्वारा ईमान्दारिता पुर्वक ढलान बाटो तथा नाला निर्माण कार्यमा गुणस्तरीय र फिनिसिङ कार्य राम्रो भएको मुल्याङकन गरी उपभोक्ता समिति र अनुगमन समिति द्वारा केही नगद पुरस्कार ,खादा टिका फुलको गुच्छा सहित सम्मान गरेको छ । ।
उपभोक्ता समितिका अध्यक्ष प्रकाश लाल श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा अनुगमन समितिका सदस्यहरू नारायण दत्त बस्ताकोटी , गणेशभक्त अधिकारी, सृजनशिल टोल बिकासका अध्यक्ष हरी बहादुर लामिछाने बाट बाटो राम्रो गुणस्तरीय बनेकोमा उपभोक्ता समितिको टिमलाई र श्रमिकहरूलाई धन्यबाद दिईएका थिए ।
श्रमिकहरुको तर्फबाट भिम बहादुर बुढाथोकी , अर्जुन तामाड,राजेन्द्र घर्तिमगरले श्रमिक भएर काम गर्दा उपभोक्ता समिति र छर छिमेकीहरूबाट माया ÷ सद्भाब पाएको र श्रमिकको कामको मुल्याड्कन गरी सम्मान् पाउदा खुसी ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन उपभोक्ता समितिका सचिब राधाकृष्ण घिमिरेले गरेका थिए ।






Discussion about this post