लेखनाथ, २८ असार ।मानव मिलन सस्था लेखनाथले एस ई ई परिक्षामा उत्कृष्ठ अंक ल्याएका पोखरा २७ का अरविन ढकाललाई नगद पुरस्कारबाट सन्मान गरेको छ ।
नेपाल केशरी राष्ट्रसन्त श्री मणिभद्र मुनि जी महाराजको वाहुलीबाट स्थापना भएको सस्थाले गुरु पुर्णिमा तथा चर्तुमासको उपलक्ष्यमा पोखरा २७ निवासी कृष्ण प्रसाद ढकाल र शान्ति ढकालका छोरा अरविन ढकालको पढाई प्रतिको लगनशिलता र मेहेनतको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
सस्थाका अध्यक्ष प्रेमप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी, वडा नं २६ की वडासदस्य सुजाता वराल सुनार,सस्थाका उपाध्यक्ष हरि कुमारी पोखरेल,कोषाध्यक्ष माया वराल,सचिव गुरु प्रसाद सापकोटा लगाएतले सेवा नै धर्म भएको भनाई राखेका थिए ।
यसैगरि सस्थाले सामाजिक क्षेत्रमा अब्ठारो अवस्थामा रहेका समुदायको आर्थीक उन्नयनका लागि समय समयमा विभिन्न ठाउमा सहयोग गर्ने देखि गरिवी निवारणका लागि आय आर्जनमा जोडिने उपायहरुका वारेमा समाजमा जानकारी दिदै आएको छ ।






Discussion about this post