लेखनाथ, २८ असार ।
साविक माझठाना सैर्य स्थायी ठेगाना भइ हाल पोखरा महानगरपालिका वडा नं. ३० शिशुवा निवासी लामिछाने परिवारले ८४ पुजामा गरिने खर्च कटाएर लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेका छन्
बुवा मित्रलाल लामिछाने र आमा मनरुपा लामिछानेको चौरासी पूजाको अवसरमा छोरा कृष्ण प्रसाद लामिछाने र राजु लामिछाने वुवा आमाको सम्झनामा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
पुजामा गरिने फजुल खर्चलाई कटाएर सामाजिक उत्तरदाईत्व अन्तरगत आफ्ना बुबा र आमाको नामबाट मित्र मनरुपा अक्षयकोषको स्थापनाका लागि पहिलो चरणमा लेखनाथ पत्रकार मञ्चलाई रु १० हजार प्रदान गरेका हुन् ।
लामिछाने परिवारले लेखनाथ पत्रकार मञ्चाका अध्यक्ष विष्णुहरी पौडेल ,निवर्तमान अध्यक्ष कविराज खनाल,सस्थापक अध्यक्ष भीमपाणि बराल,उपाध्यक्ष सन्दिप पौडल र सल्लाहकार ऋषिराम रानाभाटलाई सम्युत्त रुपमा उत्त रकम प्रदान गरेका हुन् ।
प्राप्त रकम लेखनाथ पत्रकार मञ्च र मित्रमनरुपा अक्षयकोषको तर्फबाट कृष्ण प्रसाद लामिछाने दुवैको संयक्त नाममा उक्त रकम बैंकमा जम्मा गरिने अक्षयकोषका संरक्षक कृष्ण प्रसाद लामिछानेले जानकारी दिएका छन् ।
सो रकमको व्याजबाट सीप मुलक तालिम सञ्चालन गरी युवा पुस्तालाई पत्रकारीता गर्न प्रोत्साहन गर्ने अक्षयकोषको उद्धेश्य राखिएको छ । लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्ष समेत रहेका कृष्ण प्रसाद लामिछाने विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक कार्यमा योगदान गर्दै आएका छन् ।
लामिछानेका बुबा मित्रलाल लामिछानेका २ जना छोरा कृष्ण प्रसाद र राजु लामिछाने र बुहारीहरु शन्ति र पुण्यवती लामिछाने रहेका छन् । यसै गरी नातीहरु पवन , राजीव, रजनी, रानीया, सरल र सिरियाना रहेका छन् भने छोरी सिन्दु र ज्वाई शिव पौडेल उक्त कार्यक्रममा सहभागीता रहेका थिए ।







Discussion about this post