लेखनाथ, २७ असार । सौन्दर्यकर्मी यूनीयन गण्डकीको अध्यक्षमा संगिता केसी चयन भएकी छिन । बुधबार सम्पन्न संस्थाको १० औं साधारण सभा तथा पाँचौं अधिवेशनले केसीलाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा मिरा मल्ल, सचिवमा कुमारी पुन, कोषाध्यक्षमा सोनु सुनार, सदस्यहरुमा सञ्जु गुरुङ, लक्ष्मी रानाभाट, दिपा पुन, आशा गुरुङ, मनिषा घताने, लक्ष्मी तिवारी र मञ्जु पौडेल रहेका छन ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशकी पुर्वसांसद मिना गुरुङले सौन्दर्यकर्मीहरुको पेशालाई सम्मानजनक बनाउन राज्य र स्थानिय तहले ध्यान दिनुपर्नेमा जोड दिएकी थिईन ।







Discussion about this post