पोखराको चिप्लेढुङ्गामा विगत २१ वर्ष देखि सञ्चालनमा रहेको सफल निरमाया दोहोरी साँझका कलाकारहरुले दोहोरीको २१औँ वार्षिक उत्सव कार्यक्रम सफल रुपमा सम्पन्न गरी पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई २५ हजार बराबरको खाध्यान्न सामाग्री सहयोग गरेका छन ।
कलाकारहरु पनि सामाजिक कार्यमा सहभागी हुनुपर्छ आफुले सक्ने सहयोग गुर्नपर्छ भन्ने उद्देश्यले सहयोग गरिएको र आगामी दिनहरुमा पनि यस्तो सहयोगलाई निरन्तरर्ता दिने दोहोरी साँझका कलाकार प्रमुख गुप्त गुरुङले बताए ।
कार्यक्रममा टेक क्षेत्री, टस गुरुङ, गुप्त गुरुङ, पाण्डब गुरुङ, किसान नेपाली, मनोज नेपाली, लक्ष्मण ठकुरी, प्रशान्त तामाङ, यम नेपाली, सञ्जय गायक, निकेश बि.क, इन्द्रा गुुरुङ, बत्ति थापा मगर, चिना थापा मगर, ललिता पुन, सुनिमा गुरुङ, पुजा तामाङ, निरुता थापा मगर, निशा गुरुङ, सरिता राई कालाकारहरुको उपस्थिति रहेको थियो ।






Discussion about this post