लेखनाथ, असार १९ । लेखनाथ उद्योग वाणिज्य संघको २९ औं स्थापना दिवस तथा २८औं वार्षिकोत्सव कार्यक्रम शुक्रवार सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षण “राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग व्यवसायीका चुनौती तथा समाधान” विषयक गोष्ठी रहेको थियो ।
कार्यक्रमको उद्घघाटन गर्दै नेपाल सरकारका पूर्व गभर्नर तथा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै, उत्पादन राज्यले होईन निजी क्षेत्रले गर्ने हो, राज्यले त निती र कार्ययोजना बनाएर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो उनको भनाई रहेको थियो ।

“निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव भएकाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेकोे उल्लेख गर्दै सूचना प्रविधि र सिपयुक्त रोजगारीमा लगानी बढाउनु पर्नेमा गर्भनल खतिवडाले जोड दिए ।
साथै उनले देशमा नै स्वरोजगार श्रृजना गर्ने योजना सरकारसँग भएकाले अव वैदेशिक रोजगारका लागि एक पटकलाई खुल्ला हुन्छ तर दोस्रो पटक जानका लागि रोक्नु पर्ने उनको सुझाव थियो ।
कार्यक्रममा संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत मन्तव्य राख्दै विदेशी पलायन र युवाशक्ति विदेशिने समस्याको समाधान रोजगार सिर्जना नै भएको बताउँदै लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको धारणा राखे । साथै, उनले पर्यटनको प्रचुर सम्भावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारीले व्यवसायिक दृष्टिकोण विकासमा नेतृत्व वर्गले साना व्यवसायीको हितमा काम गर्नुपर्ने सुझाव प्रस्तुत गर्दै धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकासमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भटृचनले आर्थिक मन्दीका बाबजुद पनि संघका सदस्यहरू उत्पादनमा लागिरहेकाले ब्यवसायीको मुहारमा हाँसो आउने खालका निती तथा कार्यक्रम आउनु पर्ने धारणा राखेका थिए ।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रुपान्तरणमा संघको भूमिका स्मरण गराउँदै २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण जेष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा गरे । पुरस्कार राशी रू. १ लाख १ हजार रहेको छ। कार्यक्रममा पुरस्कार छनोट समितिका सदस्य रविन्द्र माकाजुले पुरस्कार सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् । सोही अवसरमा संघले सामाजिक उत्तरदायित्व अन्र्तगत राधाकृष्ण बृद्धाश्रम र वौद्धिक अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका संस्थालाई सहयोग गरेको थियो ।
फोटो : किशोर परियार/लेखनाथ खबर








Discussion about this post