लेखनाथ, असार १९ । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहकोे डायमण्ड माविले शौक्षीक सत्र २०८१÷८२ को एस्.ई. ई. उत्तीर्ण विद्यार्थी तथा विषयगत शिक्षकहरुलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ ।
३१ औ ब्याचका रुपमा यस वर्षको एस ई ई परिक्षामा सहभागी ८७ विद्यार्थी सहित ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेका अंकिता अधिकारी र स्वतीका देवकोटालाई विद्यालयको गरिमालाई उच्च राख्न सफल भएकोमा डायमण्ड एवार्डबाट सम्मान गरेको हो ।
सम्मान तथा वधाई कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह प्राध्यापक डा .अजय थापाले, पढाई कितावी ज्ञान मात्र नभएर सीप, ज्ञान र अनुभव भएकाले आगामी दिनमा लक्ष्य तय गरेर मात्र कडा परिश्रम, लगनशिल, ज्ञानको तिर्खा, अनुशासित, नैतिकवान, सकारात्मक सोचका साथ अगाडि वढेको खण्डमा सफलतालाई कसैले रोक्न नसक्ने र सफल मात्र हैन असल बन्नु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा पोखरा विश्वविद्यालय मानविकि समाजशास्त्र संकायका डिन डा. सुरेन्द्र तिवारीले डायमण्डले विगत देखी नै गौरवशालि ईतिहास कायम गर्दै आएको वताउँदै एस ईई उतीर्ण विद्यार्थीले अझ धैरै सफलताहरु हासिल गर्न बाँकी रहेको बताए भने प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रेम प्रसाद शर्मा पौडेलले सफलताको पछाडी शिक्षक, अभिभावक र विद्यार्थीको मेहनत रहेने सुझाव राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले यो सफलताको पहिलो खुड्किलो भएको र अझ धेरै खुड्किलोहरु चढ्न बाँकी रहेकाले आगामी दिनमा चुनौति र जिम्मेवारीहरु थपिदै जाने भएकाले अवका दिनमा व्यवहारमा परिवर्तन आउनुपर्ने, सदाचारी, शिष्टाचारी हुनुपर्ने र लगनशिलतालाई निरन्तरता दिन आग्रह गरे ।
यसै क्रममा हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त प्रयासबाट यस प्रकारको उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको कुरा स्मरण गर्दै विद्यार्थी, अभिभावक एवम् शिक्षक कर्मचारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
यसैगरी एसईई उत्तीर्ण सम्मानित विद्यार्थीहरुको तर्फबाट अंकिता आचाय,स्वस्तिका देवकोटा र भिभावकहरुको तर्फबाट विष्णुकान्त भट्टराई लगाएतले विद्यालयको जिम्मेवारी झन धेरै वढेर गएको धारणा राखेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा एस्.ई. ई. उत्तीर्ण विद्यार्थीहरूका अभिभावक तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालयका प्राचार्य यम वहादुर रोक्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संचालक समितिका सदस्य हरीप्रसाद लामिछानेले गरेका थिए भने धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम निर्देशक माधवशरण उपाध्यायले गरेका थिए ।






Discussion about this post