लेखनाथ, २१ असार । आरुपाटा यूथ टिम पोखरा–२८ ले एस ई ई उर्तिण विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत २०८१ सालको एस ई ई परिक्षामा गाउँभित्रबाट उर्तिण हुन सफल विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमका विच सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।
उक्त अवसरमा विद्यार्थीहरु विवेक अधिकारी, दिपेश भुजेल, स्पन्दन गिरी, समीर अधिकारी, समृद्धि पौडेल, सोनीका त्रिपाठी र संरक्षण खनाललाई अबिर तथा खादा लगाई मायाको चिनो प्रदान गरिएको थियो ।
सम्मानीत विद्यार्थीहरुका अभिभावको तर्फबाट बोल्दै वेदनाथ अधिकारीले एस ई ई सफलताको पहिलो खुड्किलो भएको र अझ धेरै खुड्किलोहरु चढ्न बाँकी रहेकाले आगामी दिनमा चुनौति र जिम्मेवारीहरु थपिदै जाने भएकाले सदाचार, शिष्टाचार र लगनशिलतालाई निरन्तरता दिन आग्रह गरे ।
यस्तै अभिभावकमध्येबाट नै बोल्दै पुष्पराज त्रिपाठीले गाउँमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना भएको आफुले महशुस गरेको वताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन र अन्य परिणाममुखी कार्यक्रमहरु ल्याउन आग्रह गरेका थिए ।
टिमका अध्यक्ष तिलक बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विद्यार्थी भाई बहिनीहरुलाई हौसला प्रदान होस र आगामी दिनमा अझै प्रगती हासिल गर्न सफल होउन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको वताएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष रामशरण नेपालीले गरेका थिए ।






Discussion about this post