लेखनाथ, १६ असार । प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराको आयोजनामा गण्डकी प्रदेश भित्रका सात वटा अस्पतालका नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलाइसिस तालिम प्रदान गरिएको छ ।
काठमाडौं बाहिर पहिलो पटक गण्डकी प्रदेश मातहतमा रहेको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल लेखनाथमा २०८१ चैत्र २० गते देखि २०८२ असार १६ गतेसम्म हेमोडायलाइसिस तालिम संचालन भएको हो । तालिममा १० जना नर्सिङ स्वास्थ्यकमीको सहभागीता रहेको थियो ।
तालिम समापन समारोहलाई संवोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पछिल्लो समय मृगौलाका विरामीको सख्या वढ्दो क्रमममा रहकाले यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने वारेमा सरकार सम्वेदनसिल भएको प्रशंग उठाउदै रोग लागिसकेपछि डायलाइसिस गर्नका लागि पालो कुर्नु पर्ने र पालो कुर्दा कुर्दौ विरामीको मृत्युसम्म भएकाले घटनाले आफुलाई चिन्तीत बनाएकाले अव विरामीले पालो कुर्नु नपर्ने गरि सेवा विस्तार गर्ने योजनामा रहेको वताएका थिए ।

स्वास्थ्यको क्षेत्रमा राज्यको ठुलो लगानी रहेकाले आगामी दिनमा सरकारी अस्पताल आफनै खुट्टामा उभिएर राज्यलाई आम्दानी दिन सक्नु पर्ने गरि सेवा विस्तारको योजनामा सरकार लागि परेकाले उदेस्य राख्दै मन्त्री पाठकले निजी अस्पतालले नाफा कमाउन सक्ने तर हाम्रा अस्पतालले किन नसक्ने उनको प्रति प्रस्न थियो ।
सोही कार्यक्रममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशका महानिर्देशक डा. विनोद विन्दु शर्माले तालिम केवल सिकाईका लागि मात्र नभई मानिसको जिवनसँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मीले मानव सेवाका लागि पनि सिकेको सिपलाई ब्यवहारमा ल्याउन अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेले यस अस्पताललाई आगामी दिनमा तालिम केन्द्रको रुपमा विकास गराउन सकिने विचार राखेका थिए भने अस्पतालका कार्यकारी निर्देशक डा.सरोजा पोखरेलले अस्पतालको वस्तु स्थीतिका बारेमा जानकारी गराएकी थिईन ।

सोही अवसरमा स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिम वहादुर खड्काले स्वास्थ्य क्षेत्रमा प्राविधिक सिप र प्रविधिमा रहेर सेवा विस्तार गर्ने योजना रहेका वताएका थिए भने सवै सहभागीहरुको तर्फबाट वेनी अस्पतालकी अन्जु शर्माले तालिम जिवन उपयोगी भएको बताएकी थिईन ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशका महानिर्देशक डा. विनोद विन्दु शर्माको अध्यक्षतामा भएको तालिम समापन समारोहको कार्यक्रम संचालन स्वास्थ्यकर्मी वेलीसरा भुजेल थापाले गरेकी थिईन ।







Discussion about this post