• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको मनोनयन

Ramsharan Nepali by Ramsharan Nepali
June 30, 2025
in समाचार, स्थानीय
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, असार १५
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ ।

गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो ।

अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं. २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको छ ।

यसैगरी मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं। ३० का ध्रुवराजराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मी प्रसाद त्रिपाठीलाई सदस्यमा मनोनित गरेका गर्नु भएको छ । उनिहरुलाई पनि तीन बर्षका लागि नियुक्त गरिएको हो ।

अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ । कार्यविधि अनुसार वडा नं। ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा। सुमन खनिया सदस्य सचिव रहनु भएको छ ।

समितिका अध्यक्ष एवं सदस्यहरुलाई मनोनयन गरिएको पत्र बितरण गर्दै, महानगरप्रमुख आचार्यले शिसुवा अस्पताललाई स्तरोन्ती गरि महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले साविक लेखनाथ नगरपालिकाको भवनमा जलन उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडी बढाईएको बताउनु भयो । मेयर आचार्यले महानगरको एकमात्र अस्पताल भएकाले विशेषज्ञ सेवा सहित जनशक्ति थप गरिने बताउनु भयो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बाबुराम गिरीले महानगरसँग समन्वय गरेर सवैको पहुच पुग्ने गरी अस्पताललाई सुधार गरिने बताउनु भयो । उहाँले अस्पतालमा विरामीको चाप अनुसारको जनशक्ति उपलब्ध हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा न।ं २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नं। २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्ग, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं। ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले महानगरकै अब्बल अस्पताल हुनेगरी काम गर्न व्यवस्थापन समितिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले सबल व्यवस्थापन समिति गठनका लागि केही समय ढिलो भएको उल्लेख गर्दै अव अस्पतालले गतिलिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा वडा नं. ३१ का वडासदस्य धनदेवी तिवारी, ३० का सदस्य विनोद लामिछाने, स्वास्थ्य महाशाखाका र अस्पतालका कर्मचारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

थमन परियार स्मृति प्रतिष्ठानको अध्यक्षमा खाती

Next Post

नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलाइसिस तालिम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलाइसिस तालिम

नर्सिङ स्वास्थ्यकर्मीलाई ९० दिनको हेमोडायलाइसिस तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?