लेखनाथ, १८ असार । लेखनाथ उद्योग बाणिज्य संघले आफना ब्यवसायि सदस्यहरुका विच मैत्रिपुर्ण भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।
आफनो ब्यापार ब्यवसायमा ब्यत्त हुने ब्यवसायिलाई केही समयका लागि भएपनि खेलका माध्यमबाट मनोरङजन प्रदान गर्ने र ब्यवसायिहरुका विच भाइचारको सम्वन्ध विस्तार गर्न उदेस्यले असार १८ र १९ गते भलिवल प्रतियोगिताको आयोजना गरेको हो ।
संघको २८ औं वार्षिकोत्सव तथा २९ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको भलिवल प्रतियोगिताको उद्घाटन संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै त्रिपाठीले ब्यापार ब्यवासयमा ब्यत्त भएका ब्यवसायिको शारिरिक र मानसिक स्वच्छताका लागि समय निकालरे खेल खेल्नु अनिवार्य भएको सुझाव राखेका थिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठले प्रतियोगिताका वारेमा जानकारी गराएको कार्यक्रमको संचालन महासचिव जानुका अधिकारी पराजुलीले गरेकी थिईन ।
प्रतियोगितामा संघमा आवद्ध वस्तुगत संघ र विभिन्न वजार ब्यवस्थापन समितिका गरि सात टिमको सहभागिता रहेको छ । यसैविच वुधवार भएको खेलमा अधिकृत विक्रेता संघ र बेगनास ताल वजार ब्यवस्थापन समितिका बिच भएको खेलमा अधिकृत विक्रेता संघ विजयी भएको छ भने लेखनाथ उद्योग बाज्यि संघका कार्यसमिति सदस्य र पावर हाउस बजार ब्यवस्थापन समितिको खेलमा लेखनाथ उद्योग बाणिज्य संघ विजयी भएको छ ।
यसैगरि बुधवार साझा हाडवर्यस एसोसिएसन र बेगनासताल ढुङ्गा ब्यवसायि विचको खेलमा हाडवर्यसको टिम विजयी भएको हो भने बिहिवार सेमी फाईनल र फाईनको खेल हुने संघकी कार्यलय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिएकी छन् ।
यसैविच संघको संघको २८ औं वार्षिकोत्सव तथा २९ औं स्थापना दिवसको अवसरमा असार २० गते अर्थविद पुर्व गर्भनर तथा पुर्व अर्थमन्त्रि युवराज खतिवडाको उपस्थितिमा उत्प्रेरणात्मक कार्यक्रम हुने वताइएको छ ।







Discussion about this post