लेखनाथ, १४ असार ।
“संसार बदल्नुछ, सुरु आफैबाट गर्नुछ, आजैबाट सुरु गरौं” भन्ने मूल नाराका साथ तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यक्रम लेखनाथमा सम्पन्न भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा योगी विकासनन्द फाउन्डेसन परिवारका डा. योगी विकासनन्दको उपस्थिति रहेको थियो ।
डा. विकासनन्दले तनाव किन हुन्छ र त्यसबाट कसरी मुक्त हुने भन्ने विषयमा प्रस्ट पारे। उनले स्नायु प्रणाली, हर्मोन सन्तुलन र वातावरणीय प्रभावहरूप्रति ध्यान दिनुपर्ने सुझाव दिए। साथै, “चिन्ताले चितामा पु¥याउँछ” भन्दै अनावश्यक तनाव र चिन्ता नलिन, दुःख–सुख जीवनका दुई पाटो हुन् भन्ने बुझ्न र त्यसबाट मुक्त हुन योग, ध्यान तथा मन–मस्तिष्कलाई सन्तुलित राख्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले राखेका थिए । उहाँले सफल जीवनका लागि मानसिक सन्तुलन र तनावमुक्त जीवनशैलीको आवश्यकता औंल्याए ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।
कार्यक्रममा संघका सदस्यहरू, उद्योगी–व्यापारी, स्थानीय संघसंस्थाका प्रतिनिधि र नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।






Discussion about this post