लेखनाथ,१४ असार ।
पोखरा महानगरपालिका–२९ मा जागरुक नागरिक समाज कास्कीको वडा शाखाको नयाँ नेतृत्व चयन गरिएको छ । समाजको अध्यक्षमा ठगेन्द्र प्रसाद अर्याल सर्वसम्मत रूपमा चयन भएका छन् ।
नयाँ कार्यसमितिमा महासचिवमा महेन्द्र प्रसाद सुवेदी, कोषाध्यक्षमा दुर्गादेवी अधिकारी र सदस्यहरूमा शिवकुमारी सुवेदी, महेन्द्र गौतम, ध्रुवराज पौडेल, र कला मरासीनी चयन भएका हुन् ।
कार्यक्रमको उद्घघाटन वडा सदस्य निर्मला पौडेलले गरेकी थिइन उनले जागरुक नागरिक समाजले समुदायमा सकारात्मक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरीन् ।
कार्यक्रमको अध्यक्षता मूल समिति अध्यक्ष रामहरी ढुङ्गानाले गरेका थिए भने शुभकामना मन्तव्य लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष देवराज पन्थी, सामाजिक अभियन्ता एल.पी. ढुङ्गाना, कार्यक्रम संयोजक सन्तोष सुवेदी, कार्यक्रम सञ्चालन सवित्री भट्टराईले गरेकी थिईन भने निर्वाचन मण्डलका तर्फबाट उपाध्यक्ष जगन्नाथ तिमिल्सेनाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई अध्यक्ष रामहरी ढुङ्गानाले सपथ ग्रहण गराएका थिए ।






Discussion about this post