लेखनाथ, २९ जेठ । विद्यार्थीको सिकाईलाई एकरुपता दिने उदेस्यले कास्कीका गणित शिक्षकहरुलाई तीन दिने शिक्षण सिकाई तालिम प्रदान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नंं –२९ वडा कार्यालयको आर्थीक सहयोग र जनप्रकाश माविको ब्यवस्थापनमा कास्कीका ४० विद्यालयका ८० जना गणित शिक्षकहरूका लागि पढाईका नयाँ शैली र शिक्षकहरूको पेशागत सीप अभिवृद्धि तथा शिक्षण गुणस्तरमा सुधार ल्याउने उद्देश्यले तालिम प्रदान गरिएको हो ।
गत मंगलवार देखि सुरु भएको तालिमको समापन समारोहलाई संवोधन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले सिकाईको विधि फरक हुदाँ बिद्यार्थीमा देखिएको अस्पष्ठताको अन्त्ये गर्नका लागि यस प्रकारको तालिम उपयोगी र फलदाई हुने विश्वास दिलाउदै हिजको सिकाईलाई परिवर्तन गर्दै समयानुकुल सिकाईको विधी र तरिका परिवर्तन गर्नु पर्नेमा जोड दिएका थिए ।
जनप्रकाश मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भवानी कालीका माविका प्रधानध्यापक रमेश भटराई,कार्यक्रम संयोजन कृष्ण प्रसाद पौडल,जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्मा लगाएतले सिकाई कहिल्यै पनि नसकिने विषय भएकाले विद्यार्थीहरुलाई सरल र सहज तरिकाले पढाउन सकिने विधिका वारेमा सवैजना जानकार हुनु पर्ने सुझाव राखेका थिए ।
तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा विश्वविद्यालय प्राध्यापक तथा गणित विषयका लेखक दयाराम श्रृखणा (डि.आर),प्रेमनारायण पोखरेल(पानी पोखरेल),बेद शर्मा,स्थरवावु सुवेदी,वेद प्रसाद ढकालले गणित शिक्षणका आधुनिक र प्रभावकारी विधिहरूका विषयमा सहभागी शिक्षकहरूलाई प्रशिक्षण दिएका थिए ।
Discussion about this post