• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

Ramsharan Nepali by Ramsharan Nepali
June 13, 2025
in समाचार, स्थानीय
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

पोखरा/जेष्ठ २९
पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गर्नु भयो ।

पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिदै कोइरालाले डिजिटलमा आधारित सिपले बेरोजगार नरहने बताउनु भयो । राज्यले अनुसन्धानको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिदै कोइरालाले अनुसन्धान विनाको योजना कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्ने बताउनु भयो । डिन अधिकारी पछिल्लो पुस्तामा प्रश्न सोध्ने भन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रबृत्ति रहेको बताउनु भयो । समस्यासँग जुध्ने भन्दा पनि भाग्ने प्रकृतिले युवापुस्ता पलायन हुँदै गएको उल्लेख गर्नु भयो ।

युवा बैज्ञानिक विकल्प ढुंगानाले शिप सिक्ने भन्दा पनि त्यसको निरन्तरता ठुलो कुरा भएको बताउनु भयो । उहाँले एउटा उमेर समूहमा जिज्ञासु बन्नेहरुले त्यसलाई निरन्तरता दिए मात्र लक्ष्य प्राप्ती हुने उल्लेख गर्नु भयो ।

समापन कार्यक्रमका अध्यक्ष समेत रहनु भएका पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने उल्लेख गर्दै, वडालाई प्रविधि मैत्री बनाउने गरी योजना शुरु गरिएको बताउनु भयो ।
अध्यक्ष थापाले युवा पुस्ताले प्रविधिको सिकाईपछि त्यसलाई आय आर्जनको माध्यमका रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले वडाले तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे को अवधारणा अनुसार सिपविकासको प्रविधिलाई अगाडी बढाएको बताउनु भयो ।

कार्यक्रममा पोखरा २६ का वडा सदस्य सुजता बराल सुनार, पोखरा विश्वविद्यालयका आईटी विभाग संयोजक डा. राममणि अधिकारी, कन्टेन क्रियटर मिस गाईडेड नेपाल युटयूव च्यानलका अमृत थापा, लक्ष्मी आदर्श मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारी, पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटा र कार्यक्रम संयोजक आकार समूहका इन्जिनियर सन्दिप पौडेल लगायतले विज्ञान, प्रविधि र सिप विकासको तालिमले विद्यार्थीलाई नयाँ संभावनासँग जोड्ने बताउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले तालिमबाट सिकेका शिपका बारेमा बोलेका थिए ।

४५ दिनसम्म संचालन गरिएको तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाईनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी रहेका थिए ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स सिजरबाट रिवन काटेर शुभारंभ गरिएको थियो । साथै विद्यार्थीहरुले तयार पारेका छ वटा रोवटिक्स प्रोजेक्ट, बर्ष भरिका चाड पर्व विशेष दिनको ग्राफिक्स डिजाईन र छोटो डकुमेन्ट्री प्रदर्शनीमा राखिएको थियो ।

तालिममा प्रशिक्षार्थीका रुपमा रहेका विद्यार्थिहरुले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा सहभागी भै स्मार्ट कृषि र स्मार्ट डस्टबिनमा दोश्रो र तेश्रो स्थान हासिल गर्नेलाई वडाध्यक्ष थापाले सम्मान गर्नु भएको थियो ।

Previous Post

गणित शिक्षकले लिए तालिम

Next Post

लेउवा संघको प्रोफेसनल व्यूटि सेमिनार तालिम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव
अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे
समाचार

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग
समाचार

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

वडा कार्यालय भवनको शिलन्यास
समाचार

वडा कार्यालय भवनको शिलन्यास

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post
लेउवा संघको प्रोफेसनल व्यूटि सेमिनार तालिम

लेउवा संघको प्रोफेसनल व्यूटि सेमिनार तालिम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?