लेखनाथ, २४ जेठ
पोखरा महानगरपालिका–३२, तल्लोगगनगौडा स्थित मसिना पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा सम्पन्न भएको छ ।
सभाले मसिना हाइड्रोपावर ८९१ कि. वा. को स्वामित्व सर्वसम्मत निर्णय गर्दै संस्थाले स्वामित्व भमरकोट बहुउद्देश्यीय कम्पनी प्रा.लि. पोखरालाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
साधारण सभामा सहकारीका पदाधिकारी, संस्थापक सदस्य, स्थानीय समुदायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा सभाले सहकारीको विगत उपलब्धिहरूको समीक्षा गर्दै भावी दिशानिर्देश तय गरेको छ ।
संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलले सभामा मन्तव्य दिँदै भने, “हामीले यस संस्थामार्फत समुदायमा संस्थाको स्थापना काल २०६९ साल फागुन २० गते देखी संस्थाले लिएको मुख्य उद्देश्य मसिना हाइड्रो पावर ८९१ कि.वा.सन्चालनगरी विद्युत उत्पादन र संगसगै पर्यटनको चेतना फैलाउने प्रयास सँगै सम्बन्धित निकायबाट इजाजत तथा अनुमति लिइसकेपछि योजना सन्चालन गर्ने क्रममा विश्वव्यापी महामारीका कारण ठुलो मानवीय विपत्ती र आर्थिक मन्दिको अवस्था सिर्जना भयो जसका कारण संस्थाले लगानी जुटाउन समस्या भएको र देशमा लगानीमैत्री अनुकुल वातावरण नभएकोले प्रोजेक्ट सफल हुन नसकेकोले आगामी दिनमा लगानी गर्न ईच्छुक विभिन्न कम्पनीहरुसँग धेरै छलफल तथा परामर्शका आधारमा संस्था र शेयर सदस्यहरुको हितलाई मध्यनजर गरेर भमरकोट बहुउद्देश्ययीय कम्पनी प्रा.लि संग मिति २०८२ जेष्ठ ४ गतेको पदाधिकारीको बैठकमा समझदारी जुटे अनुसार पुन सञ्चालन समिति र सल्लाहकारहरुसंग समझदारी अनुसार सभाको आयोजना गरेको बताए । अब यो जिम्मेवारी नयाँ संस्थालाई हस्तान्तरण गर्दै , जसले अझ व्यावसायिक रूपमै अगाडि बढाउने अपेक्षा गरिएको बताए ।
कार्यक्रमका प्रमुख शुक्लागण्डकी नगरपालिका वडा नंं २ का वडा अध्यक्ष सुमन रानामगरले संस्थाले उद्देश्य, काम र फाइदा असफल, कानुनी कठिनाई १२ वर्षे कालमा विजुली उत्पादन गर्ने नसकिएको, थप बचत कर्तामा बचतको कमी र विभिन्न अवरोह पार गर्दे नयाँ व्यवस्थापन पाउने भमरकोट बहुउद्देश्यीय कम्पनीका प्रतिनिधिले संस्थाको समग्र संरचना र उदेश्यलाई कायम राख्दै थप नविन योजनाहरू मार्फत पर्यटन प्रवद्र्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई थप ब्यवस्थित र सुरक्षण प्रदान गर्न तथा यसको प्रगतीको पूर्वाधार, अनुभव र समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने बताए ।
कार्यक्रममा जनप्रतिनिधि वडा नंं ३२ की वडा सदस्य शोभा विश्वकर्मा, सल्लाहकार शिवजी लामिछाने, टिकाराम पगेनी, परामर्शदाता ई. सागरमोहन भटट्राई, कानुनी सल्लाहकार अधिवक्ता खगेन्द्र आचार्य, कोषाध्यक्ष अर्जुन मल्ल, शेयर सदस्य पद्मा वास्तोला लगाएतले सहकारीको यो निर्णयलाई उदाहरणीय भनी प्रशंसा गरेका थिए ।
साधारण सभा सम्पन्न भएसँगै औपचारिक रुपमा स्वामित्व हस्तान्तरण प्रक्रिया अगाडि बढाइने र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया २०८२ जेष्ठ २६ गते स्वामित्व हस्तान्तरण सँगै पावरहाउस निर्माणस्थल भनि खरिद गरीएको मसिना पर्यटन सहकारी संस्थाको नाममा रहेको कित्ता नंं ४७५ का क्षेत्रफल ०–८–१–२ कित्ता नंं ४२१ क्षेत्रफल १–२–२–३ गरी जम्मा क्षेत्रफल १–११–०–२ भएको ३ कोठे घर सहितको जग्गा समेत रु. १ करोड ४० लाखमा बिक्रि गरिने सहकारीले जनाएको छ । भने प्रतिवेदनको प्रस्तावलाई शेयर सदस्यहरुले स्वामित्व हस्तान्तरण गर्ने कारण सल्लाह र सुझाव राखेको कार्यक्रमको संचालन सचिव विष्णुप्रसाद तिवारीले गरेका थिए ।







Discussion about this post