• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

विकास खोज्नका लागि एकता

Ramsharan Nepali by Ramsharan Nepali
June 8, 2025
in समाचार, स्थानीय
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

भिमपाणी वराल

लेखनाथ २३ जेठ । पोखरा महानगरपालिका भित्रै रहेर लेखनाथलाई उपनगरीको शहरका रुपमा विकास गराउनका लागि एकता सहितको साझा धारणा आवस्यक रहेको वताईएको छ ।

लेखनाथ पत्रकार मञ्चले शुक्रवार राखेको विकास वहसका अधिकाम्स वक्ताहरुले महानगरपालिका वनाउनका लागि पोखरामा लेखनाथलाई गाभिए पनि अव पुन लेखनाथ नगरपालिका कै खोजी गर्ने हो भने हामी फेरी विकासबाट पछि पर्ने भएकाले अवको आवस्यकता भनेको लेखनाथलाई नयाँ पोखराको रुपमा विकास गराउनु पर्नेमा जोड दिईएको हो ।

पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका आठवटा वडाका वडाअध्यक्षहरु प्रमुख बक्ताका रुपमा रहेको कार्यक्रममा विभिन्न संघ सस्थाहरुका प्रतिनिधीहरुले यस क्षेत्रको विकासमा प्रभाव पार्ने खालका राष्ट्रिय गौरवका योजनाको छनोट गरि तिनै तहको सरकारमा ध्यानाकर्षण गराउनु नै अहिलेको आवस्यकता भएको वताएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका संयोजक सुरेन्द्रवावु तिवारले स्रोत पत्र प्रस्तुत गर्दै यहाँ रहेका प्राकृतिक स्रोत र साधानको प्रचुर रुपमा प्रयोग गरि आय आर्जनमा जोडिने र पर्यटन प्रवद्धनमा सहयोग पुग्ने खालका योजनालाई अगाडी सारेका थिए । साथै उनले पहिलो विकास भनेको वडावाटै आफनो फोहोरको ब्यवस्थापनका योजना सहित सात तालको वगैचा शहरको नारालाई सार्थक रुप दिनका लागि एकिकृत ताल विकासका योजनाका बारेमा जानकारी गराएका थिए ।

हामी योजना वनाउने तर त्यसको कार्यान्वयनका सवालमा कम चासो देखाउदा हाम्रो विकास पछि परेको विषय उठान गर्दै तिवारीले पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयलाई जोडेर विकास योजना वनाउन सकिने यस क्षेत्रमा वन्ने भनेको क्षेत्रिय वसपार्क र औधोगिक क्षेत्रका योजनाका वारेमा पाटी विषेश देखि जनप्रतिनिधीहरुले चासो पुर्वक विषय उठान गर्नु पर्ने सुझाव राखेका थिए ।

यसैगरि कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले विगतमा भए गरेका कमजोरीलाई एक ठाउमा राखेर नयाँ सोच र योजनाका साथ साविक लेखनाथ नभनी लेखनाथलाई नयाँ पोखराका रुपमा विकास गराउन सकिने योजनालाई अगाडी सार्न क्रमागत रुपमा अगाडी सार्न सकियो भने वल्ल हामीले सोचेको विकास भित्राउन सकिने तर्क राखेका थिए ।

त्यसैगरि कार्यक्रममा वडा नं ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले सरकारी काम गर्दा सरकारकै निकायवाट अवरोध सृजना हुने भएकाले योजना अनुसारको काम हुन नसकेको तर्क राख्दै राज्यको नागरिक भए पछि जनताले पनि कर्तब्य र भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए भने वडा नं २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले लेखनाथ क्षेत्रको सिर भनेको पाहाडी भु भाग भएकाले उत्त ठाउलाई कसरी सैन्दर्यकरण गर्न सकिन्छ भन्ने वारेमा एकिकृत योजनाको आवस्यता रहेको विचार राखेका थिए ।

लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामशरण नेपाली र स्वागत मन्तव्य निवर्तमान अध्यक्ष कविराज खनालले गरेका थिए भने कार्यक्रमको सहजकर्ताको रुपमा मञ्चका उपाध्यक्ष सन्दिप पौडेल र टिप्पणीकारको रुपमा मञ्चका सस्थापक अध्यक्ष भीमपाणि बराल र पुर्व सल्लाहकार भरतप्रसाद तिवारी रहेका थिए ।

Previous Post

स्वामित्व हस्तान्तरण गर्दै मसिना पर्यटन सहकारीे संस्था

Next Post

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?