लेखनाथ, १० जेठ ।
लेखनाथ क्षेत्रमा डिलर लिएर व्यवसाय सञ्चालन गर्दे आएका एवं अधिकृत विक्रेता संघ लेखनाथको अध्यक्षमा निर्मल पौडेल सर्वसम्वत रुपमा चयन भएका छन । शनिबार सम्पन्न संस्थाको प्रथम साधारण सभा एवम् अधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा नवराज सुवेदी, महा–सचिवमा सन्तोष बराल, सह सचिवमा रविन्द्रराज पौडेल, कोषाध्यक्षमा शोभामोहन सुवेदी, सदस्यहरुमा सुशीलराज पोख्रेल, श्रीकृष्ण तिवारी, रामजीप्रसाद अधिकारी र सञ्जिव सुवेदी रहेका छन ।
नयाँ कार्यसमिती चयनको लागि मुरलीधर पौडेलको संयोजकत्वमा सुर्यराज घिमिरे र कविराज खनाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल वितरक केन्द्रिय महासंघका अध्यक्ष दुर्गा प्रसाद गौतम अधिकृत विक्रेताहरुलाई क्रियाशिल र जागरुक बनाई व्यवसायको हक हित सुरक्षा गर्दै व्यवसायीहरुको प्रबन्ध र विकासमा लाग्न सुझाव दिदै सबै व्यवसायिहरु एक भएर निर्धक्क रुपमा व्यापार व्यवसाय गर्दै अगाडी बढुनु पर्ने कुरामा जोड दिए ।
यस्तै नेपाल वितरक महासंघका निबर्तमान अध्यक्ष हरीराज पन्थले व्यवसायिक चेतनाको विकास र एकजुट हुँदै सामाजिक सहभागिता र सहकार्यका आधारमा व्यवसायीक सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघका सल्लाहकार गोविन्द कर्मचारर्य, बजार प्रतिनिधि केन्द्रिय उपाध्यक्ष गोपाल सापकोटा, नेपाल वितरक प्रदेश समिति अध्यक्ष बद्री ढुङ्गाना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, लगायतले व्यवसायिहरुको हितका बारेमा बोलेका थिए ।
कार्यक्रममा विभिन्न संस्थाको विकासमा सहयोग गर्नुहुने डिलर व्यवसायिहरुलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो भने संस्थाका उपाध्यक्ष उपाध्यक्षमा नवराज सुवेदीले धन्यवाद गरेको सो कार्यक्रमको संचालन महा–सचिवमा सन्तोष बरालले गरेका थिए ।






Discussion about this post