• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने : ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

Ramsharan Nepali by Ramsharan Nepali
May 22, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो ।

मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो । नगरप्रमुख विष्ट र उप–प्रमुख गोपाली प्रवचन स्थलमै छमछमी नाचेर धार्मिक वातावरणमा रमाएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो ।

कार्यक्रमका क्रममा नगरप्रमुख विष्टले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए ।

‘ज्येष्ठ नागरिकहरूप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य हो,’ उनले भने । साथै उनले कोटिहोमका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे ।
प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावनाप्रति प्रशंसा व्यक्त गरेका थिए । उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको सहभागिताले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

यस महायज्ञमा पहिलोपटक पोखरा बाहिरका पालिकाका प्रमुखहरूको उपस्थिति देखिएको हो, जसले कार्यक्रमलाई राष्ट्रिय स्तरको स्वरूप दिएको छ । थाहा नगरपालिकाको सहभागिता यस अर्थमा विशेष रह्यो कि त्यो नगरको प्रतिनिधित्व गर्दै प्रमुख तथा उपप्रमुख दुबै उपस्थित भएका थिए ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले पनि नगरप्रमुख विष्टको उपस्थिति र सहयोगको खुलेर प्रशंसा गर्दै भने,‘हामीप्रति कुनै रिस राग छैन । म र हाम्रो मानव सेवा फाउण्डेशन सधैं स्वागत गर्न तत्पर छौं,’ उनले अन्य नगर र पालिकाका अध्यक्षहरूलाई पनि आउन र सहभागिता जनाउन आह्वान गरे।

कार्यक्रमको दौरान कोटिहोम सम्पूर्ण स्थलमा नगरप्रमुख सहितको टोलीले भ्रमण गरेको थियो । विभिन्न भागहरूमा पुगेर कार्यक्रमको अवलोकन गर्दा भक्तजनहरूले उत्साहपूर्वक ताली बजाएर स्वागत गरेका थिए ।

प्रवचन स्थलमा विद्युत सजावट, फूलमालाले सजाइएको प्रवेशद्वार, र सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो ।

यस्ता कार्यक्रमहरूले धर्म, संस्कृति र सामाजिक समृद्धिलाई जोड्ने पुलको काम गर्छन् भन्ने जनविश्वास रहेको छ। नागरिकहरूले स्थानीय जनप्रतिनिधिहरूको सक्रियताले उनीहरूप्रति जनस्तरको विश्वास अझ मजबुत हुने बताए ।

Previous Post

कृष्ण भुजेलको स्मृतीमा रत्तदान

Next Post

अधिकृत विक्रेता संघ लेखनाथको अध्यक्षमा निर्मल पौडेल

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
अधिकृत विक्रेता संघ लेखनाथको अध्यक्षमा निर्मल पौडेल

अधिकृत विक्रेता संघ लेखनाथको अध्यक्षमा निर्मल पौडेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?