लेखनाथ, १ जेठ । निर्वाचन प्रणाली र यसको महत्व बुझाउन तथा सिकाउन विद्यार्थीहरुलाई पोखरा महानगपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन गरि विद्यालयका लागि कप्तान र उप कप्तान चयन गरिएको छ ।
कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीलाई हरेक वर्ष विद्यालयले निर्वाचनको अभ्यास गर्दै आएको छ। कुल मत ८३० मध्ये ७८३ मत सदर र ४७ मत बदर भएकोमा ९ जना उम्मेदवारहरु मध्ये कक्षा १०का गुन्जन सिग्देलले २६५ मत प्राप्त गरि स्कुल कप्तानमा र ऋतु खड्का १८८ मत प्राप्त गरि उप कप्तानमा विजयी भएको विद्यालयका अतिरिक्त प्रमुख अनिल गुरुङले जानकारी दिएका छन।
वास्तविक निर्वाचनमा जस्तै सम्पूर्ण प्रक्रिया अपनाइ मतदान कार्यक्रमका लागि निर्वाचन आयोग कास्कीबाट सामाग्री ल्याई, निर्वाचन आयोगसमेत गठन गरिएको निर्वाचनमा विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायले नेपालमा हुने निर्वाचन प्रणाली र प्रक्रिया सिकाउन महत्वपूर्ण भएको बताएका छन्।
विद्यार्थीहरूले नामावली प्रकाशन, उम्मेदवारी दर्ता, मतदान चिह्न प्रदान, उम्मेदवारले मत माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने, मौन अवधि, मतगणना, नतिजा घोषणा, शपथग्रहणजस्ता सबै प्रक्रिया पालना गरेको र विजयीले एक वर्षसम्म नेतृत्व गर्ने अवसर पाउँने र यसबाट उनीहरूले चुनावको महत्व र नेतृत्व चयनको प्रक्रिया प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने सामाजिक विषयका विभागीय प्रमुख रमेश गौतमले जानकारी दिएका छन्।
Discussion about this post