• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

Ramsharan Nepali by Ramsharan Nepali
May 17, 2025
in समाचार, स्थानीय
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पोखरा– गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुबै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगाएतबाट सम्मानित भइ सकेका छन् ।

क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरुको छाता संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन । आमसञ्चार र पत्रकारिता एवम समाजशास्त्रमा स्नाकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्धारा जनसेवा श्री पञ्चमबाट विभुषित , नेपाल पत्रकार महासंघ कास्कीद्धारा स्थापित स्व।जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार,प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगाएतका पुरस्कारबाट सम्मानित भइ सकेकी छन् ।

पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रीय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन् ।

२०५४ सालदेखि वितरण थालिएकोमा यसअघि २७ पत्रकार पुरस्कृत भइसकेका छन । पछिल्लो समय ३ लाख थपेर कुल ४ लाखको अक्षयकोष स्थापना गरी राष्ट्रियस्तरको पुरस्कार बनाइएको स्व। भण्डरीका कान्छा सुपुत्र सन्तोष भण्डारीले बताए ।

समारोहमा बोल्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लोकतन्त्र र गणत्रन्त्र स्थापनामा पत्रकारिताले अविस्मरणीय भूमिका खेलेको बताए । प्रविधिको विकाससंँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको बताउदै डिजिटल मिडियाको सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता बढाउन पत्रकार स्वयंम क्रियाशिल हुनुपर्ने बताए ।

प्रेस स्वतन्त्रता सेनानी एवम महासंघ कास्कीका पुर्व अध्यक्ष माधव शर्माले सृजनशिलता संगै पत्रकार निर्भिक हुनु पर्ने बताए । स्वतन्त्रताको परिभाषा आवारापन नभएको बताउदै पत्रकारितामा संयमता सहितको स्वतन्त्रताको आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारितालाई चौथौ अंगको रुपमा परिभाषा गरे पनि आमसंचार क्षेत्र र पत्रकार हकहितका लागि यथोचित बजेट छुट्याउने नगरेको गुनासो गरे ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वको परिचय सहित शुभकामना दिए । सम्मानित केशव पाठक र दुर्गा अधिकारीले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशिल हुने उर्जा मिलेको बताउदै आभार प्रकट गरे ।

महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भूपाल गुरूङले गरेका थिए ।

Previous Post

एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे

Next Post

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post
निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?