बैशाख ३०, लेखनाथ
नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयको मूल ईकाई सभापतिमा पहिलो पटक महिला नेतृत्वमा सोना राणा निर्वाचित हुनु भएको छ।
मंगलबार बसेको मूल इकाई समितिको बृहत् विद्यार्थी भेला मार्फत राणा सभापति बन्नुभएको हो।
निर्वाचित भए संगै राणाले बिद्यार्थीहरुको हकहित सुरक्षित र शैक्षिक गुणस्तर सुधार्न विश्वविद्यालय संग सहकार्य गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो।
नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका विभिन्न ईकाई लाई समेत बलियो बनाउदै जाने बताउनु भयो।





Discussion about this post