पोखरा, ३० बैशाख – पोखरा महानगरपालिका वडा नम्बर ८ सृजनाचोक स्थित मनिका रेष्टुरेण्टमा अबैध रुपमा यौनजन्य क्रियाकलापहरु भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानी ५ जनाको उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले होटलबाट ५ जना महिलाहरुलाई उद्धार गरी सेफ हाउसमा पठाएको र उक्त होटल संचालक सहित ३ जना व्यक्तिहरुलाई पक्राउ गरी गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट मनव वेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी कास्की प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर वकैया गाउँपालिका वडा नंम्बर ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नंम्बर ८ सृजनाचोक स्थितमा मनिका रेष्टुरेण्ट संचालन गरी बस्ने बर्ष ४० का पदम लुङ्बा, पोखरा महानगरपालिका वडा ५ मालेपाटनका तेज नारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका वडा नम्बर ५ साँगे बस्ने वर्ष २१ को सलन गुरुङ रहेका छन् ।






Discussion about this post