• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जातीय विभेद गरेको आरोपमा पीएनका विभागीय प्रमुख ४ दिनमै बर्खास्त

Ramsharan Nepali by Ramsharan Nepali
May 13, 2025
in समाचार, समाज, स्थानीय
0
0
SHARES
602
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका व्यवस्थापन संकायका शिक्षक डा. देविलाल शर्मालाई जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ । व्यवस्थापन संकायतर्फ एमबिए फाइनन्स विषयको शैक्षिक अवलोकन भ्रमणका विद्यार्थी अमन परियारलाई जातीय दुव्यर्वहार गरेको लागेको हो ।

उक्त विषयमा स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ती जारी गर्दै घटनाका बारेमा विरोध जनाएका छन् भने क्याम्पसले अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ । उनी ४ दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए ।

उनीहरुले जातीय विभेद गर्ने शिक्षकलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

विद्यार्थीले आपत्ति जनाउँदै गर्दा शिक्षक शर्माले ‘शैक्षिक प्रमाण पत्र पोखरामा नबिक्ने गरी पोखराबाट नै गायब गर्छु, एनक्यु लगाई तलाईं कहीं न कतैको बनाइदिन्छु’ भनी धम्कीसमेत दिएका हुन् ।

आरोप लागेका शिक्षक देविलाल शर्मालाई सम्पर्क गर्न खोज्दा उनको मोबाइन स्विच अफ गरिएको छ ।

घटना के हो ?

पिएन क्याम्पसका व्यवस्थापन संकायतर्फ एमबिए फाइनन्सका विद्यार्थी वैशाख २५ गते ५ दिने शैक्षिक अवलोकन भ्रमणमा निस्किएका थिए । २० जना विद्यार्थीसहित भ्रमण गएको टोली सोमबार पोखरा फर्किदै थियो । सिन्धुलीमा आउँदा बस बिग्रियो । सबै जना खाना खाजा खानतिर लागे र चालक भने बस बनाउने मिस्त्री खोज्नतर्फ लागे । सबै साथीहरु तितरवितर भएका थिए ।

लामो समयसम्म पनि कुनै जानकारी नआएपछि अमनसहितका केही साथीहरु अरु साथीहरु भएको ठाउँतिर लागे । उक्त ठाउँमा शिक्षकहरु पनि थिए । अमनले त्यहाँ भएका साथीलाई ‘हामीलाई किन नबोलाएको’ भने । तर, शिक्षक शर्माले जवाफ फर्काए । ‘लामो समयसम्म फोन नउठेपछि साथीलाई हामीलाई किन नबोलाएको भनेको थिए । तर, सरले ‘घर जान मन लागेको छ भने जा’ भनेर हप्काउनुभयो’, अमनले भने ।

अमन त्यहाँबाट निस्किए । पछि गाडी बनेर सामान हाल्दा साँझ परिसकेको थिए । अमनकाअनुसार उक्त समयमा आफुले सुन्ने गरी शिक्षक शर्माले ‘दमै गुको लेडो, जात नभएका भन्दै सुन्नै नसक्ने शब्द प्रयोग गरे । पटकपटक सुन्ने गरी भनेपछि अमनले साथीमार्फत ‘हामीले सुन्यौं अब नभन्नु’ भन्न लगाए । त्यसपछि उनी आफ्नो झोला लिएर अर्को गाडीमा चढ्नतर्फ लागे । तर, साथीहरुले उनलाई सोही गाडी जान जोडबल लगाए र उनी सोही गाडीमा फर्किए ।

उनले मंगलबार बिहान उक्त बिषयमा क्याम्पसलाई जानकारी गराइसकेका छन् । ‘मैले क्याम्पसलाई जानकारी गराईसकेको छु । अहिलेसम्म कानुनी उपचारको विषयमा सोचेको छैन । यो क्याम्पसमा म जस्ता हजारौं विद्यार्थीहरु आउँछन्’, अमनले भने, ‘आगामी दिनमा यस्ता घटना नदोहोरिन पनि केही न केही सजाय त भोग्नुपर्छ ।’

Previous Post

पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक

Next Post

नेविसंघ पोबिमा पहिलो पटक महिला नेतृत्व: सभापतिमा सोना राणा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नेविसंघ पोबिमा पहिलो पटक महिला नेतृत्व: सभापतिमा सोना राणा

नेविसंघ पोबिमा पहिलो पटक महिला नेतृत्व: सभापतिमा सोना राणा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?