• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल : गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

Ramsharan Nepali by Ramsharan Nepali
April 27, 2025
in समाचार, स्थानीय
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १२ वैशाख २०८२
मानव सेवा फाउन्डेशन नेपालद्वारा आयोजित श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ आगामी वैशाख १७ गतेदेखि जेठ १६ गतेसम्म पोखरा महानगरपालिका–१७, बिरौटास्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा भव्य रूपमा सञ्चालन हुँदैछ। धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजित यो महायज्ञमा अर्बौं रामनाम लेखनको विशेष कार्यक्रम समावेश छ।

गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले यो महायज्ञको दर्शन गर्न पाउनु पूर्वजन्ममा गरेको पुण्यको फल भएको बताउनुभएको छ। “कोटिहोम महायज्ञ धार्मिक अनुष्ठान मात्र नभई मानवताको सेवा, सामाजिक एकता र आध्यात्मिक जागरणको महान अवसर हो,” उहाँले भन्नुभयो। “यसको दर्शन र सहभागिताले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ।”

४१ दिनसम्म निरन्तर हवन हुने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्री लिएर सहभागी हुन आह्वान गरिएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ। सुश्री अनुराधा पाण्डेय र देवी प्रतिभाजीले कथा प्रबचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्। यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

महायज्ञमा सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।

Previous Post

पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न, महायज्ञको सन्देश फैलियो

Next Post

बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्ति गीतको गुञ्जन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्ति गीतको गुञ्जन

बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्ति गीतको गुञ्जन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?