• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न, महायज्ञको सन्देश फैलियो

Ramsharan Nepali by Ramsharan Nepali
April 27, 2025
in समाचार, स्थानीय
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, बैशाख १२

मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए।

र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्‍यालीले पोखरावासीमाझ महायज्ञको सन्देश पुर्‍याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। “यो र्‍यालीले पोखरेली जनतामा धार्मिक र सामाजिक सद्भावको भावना जागृत गरेको छ। हामी सबैको सहयोगले महायज्ञलाई भव्य र सभ्य बनाउनेछौं,” उहाँले भन्नुभयो।

र्‍यालीमा सहभागी ट्याक्सी चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए। स्थानीय बासिन्दा र दर्शकहरूले र्‍यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए। र्‍यालीका क्रममा पोखराको सडकमा धार्मिक भजन र सन्देशमूलक नाराहरू गुञ्जिएका थिए।

मानवसेवा फाउण्डेशनले महायज्ञको तयारीलाई तीव्रता दिँदै थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। बैशाख १३ गते मोटरसाइकल र्‍याली, १४ गते फेवातालमा डुङ्गा र्‍याली र १६ गते बृहत् कशलयात्रा आयोजना हुने फाउण्डेशनले जनाएको छ। यसअघि बैशाख ११ गते साइकल र्‍याली सम्पन्न भएको थियो।

र्‍यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति उत्साह थपिएको छ। फाउण्डेशनले सबै पोखरेलीलाई आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई सफल बनाउन अपिल गरेको छ।

Previous Post

पहलगाम हमलामा ज्यान गुमाउनेप्रति गण्डकी कोटिहोम महायज्ञ समितिद्वारा शोक व्यक्त, साँझ दीप प्रज्ज्वलन

Next Post

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल : गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल : गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

कोटिहोम महायज्ञको दर्शन पूर्वजन्मको पुण्यको फल : गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?