• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

राज्यले सहिद घोषणा नगरेका ऋषि परियारको सालिक अनावरण

Lekhnath Khabar by Lekhnath Khabar
January 30, 2025
in समाचार, स्थानीय
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१६ माघ । राज्यले सहिद घोषणा नगरेका ऋषि परियारको शहादतको ३४ वर्ष पश्चात जनस्तरबाट शालिक निर्माण गरिएको छ ।
पञ्चायत विरुद्धको संयुक्त जनआन्दोलनको क्रममा २०४६÷४७ क्रममा कास्कीको जिल्ला पञ्चायत अगाडी सहिदचोकमा सुरक्षा फौजको गोलीबाट वि स २०४७ वैशाख १७ शहादत प्राप्त गरेका पोखरा २९ का ऋषि परियारको पोखरा महानगरपालिका वडा नं २९ ले पुलचोकमा अर्धकदको शालिक निर्माण गरि बुधवार सहिद दिवसको अवसरमा अनावरण गरिएको हो ।

वि स २०४६ चैत्र २६ गते पञ्चायती ब्यवस्थाको अन्त्यसंगै दलमाथीको प्रतिवन्ध हटेपछि वि स २०४७ वैशाख १६ गते तत्कालीन कास्कीको जिल्ला पञ्चायत कार्यालयमा आगलागी गराएर प्रमाण नष्ट गर्ने घटनाका विरुद्ध आन्दोलन सुरु भएकै दिन वैशाख १७ गते ऋषि परियार सहित झपेन्द्र कार्कीको गोली हानी हत्या गरिएको थियो । सोही घटनामा घाईते भएका पोखरा ६ का खेम पहारी भने अहिले जिउँदो सहिदका रुपमा परिचित छन ।

राज्यको तर्फबाट हत्या गरिएका परियार र कार्कीलाई भने अहिलेसम्म राज्यले सहिद घोषणा गरेको छैन भने सहिद परिवारले राज्यबाट पाउनु पर्ने सुविधा समेत नपाएको गुनासो पत्नी ईन्द्रमाया परियारको छ । वि स २००८ सालमा जन्मिएका परियारले ३९ वर्षको उमेरमा ज्यान गुमाउनु परेको थियो । स्वर्गीय परियार तीन छोराहरु मध्य दुई जना रोजगारीको लागि विदेशमा छन् भने एक छोरा जटिल रोगका कारण मानवसेवा आश्रम हेम्जामा रहेको परिवारको भनाई छ ।

यसैविच सहिद दिवसको अवसर पारेर निर्माण गरिएको ऋषि परियारको शालिक अनावरण गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्माले ऋषि परियारलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्छ भनेर वारम्वार प्रयास गरेपनि आफु असफल भएकोमा लज्जावोध भएको वताएका थिए ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले ऋषि र झपेन्द्र केवल कुनै पाटी विशेषको सहिद नभई राष्ट्रिय सहिद भएको घोषणा गरेका थिए नेकपा एमाले कास्की जिल्ला अध्यक्ष वैन वहादुर कार्कीले उहाँहरुको वलिदानीलाई सहिद दिवसको दिन र शालिक निर्माण गरेर मात्र नपुग्ने वताउदै वास्तविक सहिदको पहिचान गरि उहाँहरुको योगदान र सहिद परिवारका वारेमा राज्य उत्तरदायी हुनुपर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सचिव धन बहादुर नेपालीले सो घटनाको आफु प्रत्यक्षदर्शी भएकाले उहाँहरुलाई राज्यले निर्दोश रुपमा ताकेरै गोली हानी हत्या गरेकाले राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग राखेका थिए ।

पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँगे्रस वडा नं २९ का कार्यवाहक सभापति चिन वहादुर गुरुङ, वडा सदस्य सुकमाया सुनार, कर्मचारी त्रिलोचन लामिछाने र स्थानिय पुलचोक वगादी टोल विकास संस्थाका अध्यक्ष सन्तोष हमाल लगायतले सहिद ऋषि परियारका बारेमा जानकारी गराएका थिए ।

Previous Post

बी एम जी माविको ३४ औं वार्षिकोत्सव

Next Post

दाङसीमराङ्ग भट्टराई महिला सञ्जालनमा नयाँ नेतृत्व

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
दाङसीमराङ्ग भट्टराई महिला सञ्जालनमा नयाँ नेतृत्व

दाङसीमराङ्ग भट्टराई महिला सञ्जालनमा नयाँ नेतृत्व

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?