लेखनाथ,२५ पुस । लेखनाथ जेसीज र जुनियर जेसीजको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।पदस्थापन कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नेतृत्व र क्षमता विकासमा सहयोग पु¥याउदै जेसीजले युवाहरुलाई ज्ञान,सिप बृद्धि गरी आय आर्जनको वाटोतर्फ उन्मुख गराउन सहयोग पु¥याएको वताए ।
युवाहरुलाई सहि वाटोेमा ल्याउने गरी जेसीज अभियानले राष्ट्र निर्माणमा योग्य नागरिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जेसिज सिक्ने र सिकाउने थलो भएकाले बिभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम संगै वर्तमानमा युवा पलायन रोक्न भूमिका खेल्न जेसीजलाई आग्रह गरे।
लेखनाथ जेसिज वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाट र वर्ष २०२५ का अध्यक्ष कृष्ण तिवारी को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष अभिशेक दुलाल, सौरभ श्रेष्ठ, पोखरा जेसीजका अध्यक्ष भाइराजा श्रेष्ठ, लेखनाथ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्र अधिकारी , पोखरा महानगरपालिका वडा नं ३० का वडासदस्य विनोद प्रसाद लामिछाने, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता समिति अध्यक्ष मुरारी शर्मा लगायतले जेसीजले सामाजिक क्षेत्रमा जेसीजले गरेका कामका वारेमा चर्चा गरेका थिए ।
लेखनाथ जेसीजका महासचिव मौशम बराल र सर्वैन्द्र न्यौपानेले संचालन गरेको कार्यक्रममा अध्यक्ष कृष्ण तिवारी कार्यकारिणी उपाध्यक्षहरु रसिसहरि भण्डारी, शिवानी केसी, उपाध्यक्षहरु सन्देश ढकाल, ध्रुबराज घिमिरे, अशोक ढकाल र सञ्जय बाँस्तोला लगायत र जनियर जेसीज पदनधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएका थिए ।
यसैविच लेखनाथ जेसिजको २६ औं शाखा अधिवेशनले कृष्ण तिवारीलाई वर्ष २०२५ अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरि समितिको कार्यकारिणी उपाध्यक्षहरुमा रसिस हरी भन्डारी र शिवानी केसी, उपाध्यक्षहरुमा सन्देश ढकाल, ध्रुबराज घिमिरे, अशोक ढकाल र सन्जय बाँस्तोला रहेका छन ।
यस्तै कानुनी सल्लाहकारमा प्रवलमणी भन्डारी, महासचिवमा सर्वेन्द्र न्यौपाने, कोषाध्यक्षमा मौसम बराल, सचिवमा जनकराज तिवारी, शाखा सम्पादकमा सुशील ढुंगाना, वृद्धि सभापति विकास रानाभाट, शुक्रबारसरीय प्रवचनमाला संयोजकमा आकाश बराल र थिम डाइरेक्टरमा महेश वाग्ले चयन भएका हुन् ।
Discussion about this post