• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

Ramsharan Nepali by Ramsharan Nepali
January 9, 2025
in समाचार, स्थानीय
0
0
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २५ पुस । कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीक केन्द बिन्दु बनेको हो ।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ ।

महोत्सवमा राखिएका करिव तीन सय ३६ फरक÷फरक प्रकृतीका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थीत दर्शकहरु खुसी हुदै फर्केको देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट रहेको बताएका छन् ।

माघ १ गतेसम्म चल्ने महोत्सव आठौं दिनमा चलीरहदा विहिवार मात्र ४० लाख वरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म आउदा ३ करोड ७५ लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् ।

वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन वढ्दै गएको देखिएको छ ।यसैबिच विहिवार मात्र १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या हजार पुगेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।

यसैविच महोत्सवको आठौ दिन कलाकारहरु राजु गुरुङ, पुर्णकला बिसी, जिवन दाहाल, पार्वती जिसी, रामजी पौडेल, रामप्रसाद ढकाल र वसन्ती थापाले प्रस्तुती दिएका थिए भने हाँस्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुतीले दर्शकहरुलाई पेट मिचि मिचि हँसाएको थियो । बेलुका कन्सर्टमा गायक आशिष राना ‘लाउरे’ को प्रस्तुतीले स्टेज तताएको थियो । लाउरेको प्रस्तुती हुने भएपछि अपरान्हदेखी नै महोत्सवाम युवा युवतीहरुको उल्लेख्य उपस्थीती रहेको थियो ।

शुक्रबार कलाकारहरु पुष्कल शर्मा, सम्झना लामिछाने मगर, कुमार पुन, जिवन दाहाल शिवहरी ढुंगाना, ईन्द्र गुरुङ, मिरा पोखरेल, अमर धितालको प्रस्तुती रहनेछ भने बेलुका कन्सर्टमा दुर्गेश थापा र अस्मिता अधिकारीको प्रस्तुती रहने कलाकार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिएका छन ।

महोत्सवको थप आर्कषणको रुपमा रहेको युगल नृत्य प्रतियोगिता अन्र्तगत बिहिबारसम्म सहभागि २४ जोडी मध्ये १६ जोडी बाहिरिएका छन भने ८ जोडि सेमीफाईनलको लागि छनोट भएका खुल्ला युगल नृत्य प्रतियोगिताका संयोजक धिरज कुमार श्रेष्ठले जानकारी दिएका छन ।

महोत्सवमा गाडी देखि साडी सम्म र नुन देखि सुन सम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोत्ताको संगम स्थलका रुपमा महोत्सवलाई लिईएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको निवर्तमान अध्यक्ष छत्रधर आत्रेयको दावी छ ।

Previous Post

तेश्रो संस्करणको सेभेन ए साईड बेगनास कप फागुन १६ देखि २२ सम्म हुने

Next Post

लेखनाथ जेसीज र जुनियर जेसीजको पदस्थापन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक
मनोरञ्जन

आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी
समाचार

प्रविधि–मैत्री व्यवस्थापन मार्फत संक्रमणकाललाई रूपान्तरण गर्ने : मन्त्री भण्डारी

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

Next Post
लेखनाथ जेसीज र जुनियर जेसीजको पदस्थापन

लेखनाथ जेसीज र जुनियर जेसीजको पदस्थापन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?