लेखनाथ ,२५ पुस । पोखरा महानगरपालिका वडा नं २७ सिसुवामा रहेको लक्ष्मी आदर्श मा.वि.को कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि ब्यवसायिक तालिम दिईने भएको छ ।
कक्षा १२ को पढाई सकेपछि रोजगारीका लागि आवस्यक पर्ने सिप र ज्ञानलाई तालिमको माध्यमवाट अनुभवी वनाउने उदेस्यले पोखरा महानगरपालिका वडा नं २७ को वडा कार्यालयको आर्थिक सहयोगमा नियमित पठनपाठनको समय पश्चात् प्लबिङ ,हेयर कटिङ,वयरिङ,व्यूटिसियन,तथा सिलाईका वारेमा व्यवसायिक तालिम दिन लागिएको हो ।
यसै विच तालिमको एक कार्यक्रमका विच सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा न २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरूङले हातमा सिप र मनमा केही गरौ भन्ने उत्साह सृजना जगाउनका लागि तालिम गर्न लागिएको र यस कार्यलाई निरन्तरता दिदै व्यवहारमा लागू गर्न अति जरुरी रहेको बताएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछाने को अध्यक्षतामा भएको कार्यक्रममा पोखरा म न पा २७ शिक्षा समिति ,वडा जन प्रतिनिधी, वडा सचिव ,लेखापाल , कर्मचारी , वि.व्य.स. सदस्य ,शिक्षक तथा कर्मचारी ,एवम् विद्यार्थीहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा शिक्षा समिति सदस्य चतुराखर अधिकारी र निवर्तमान प्रअ रविन्द्रनाथ भट्टराई लगाएतले उदेश्य ,फाइदा एवम् यसलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्नुपर्ने सुझाव राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले कार्यक्रमको औचित्य तथा उद्देश्य माथि प्रकाश पार्नु भएको कार्यक्रममा स्वागत मन्तव्य वि.व्य.स. शिक्षक प्रतिनिधि हरि प्रसाद सापकोटाले राख्नु भएको थियो भने लेखापाल गणेश पौडेलले कार्यक्रम संन्चालन गरेका थिए ।
Discussion about this post