लेखनाथ, १६ पुस । गुरुङ समुदायको विशेष पर्व तमु ल्होछार सुर्यमुखी तमु समाज पोखरा, २९,३० र ३१ ले विविध सास्कृत कार्यक्रम सहित भव्य रुपमा मनाएको छ ।
पोखरा–३० पावर हाउस स्थित आफ्नै समाज भवनमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष सप्री ल्होछार मनाएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै समाज सेवी शेरबहादुर गुरुङ्गले तमु ल्होछार सहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवद्र्धनका लागि मौलिक संस्कृती जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए ।
गुरुङ्गले गुुरुङ्गहरुको आफनो भेषभुुषा र भाषालाई संरक्षण गर्नुु पर्नेमा जोड दिए । साथै उनले विभिन्न भाषाभाषीको संरक्षणमा प्रतिबद्ध भई जातिगत संस्थाहरु लाग्नुपर्ने धारण राख्दै जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुदाँ आफनो अधिकारलाई राज्यबाट प्राप्त गर्नु पर्नेमा जोड दिए ।
सुर्यमुखि तमु समाजका अध्यष भिमसेन गुरुङ्गले आफ्नो संस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाका रुपमा अघि सारेको छ ,’ उनले भने, यसैगरि सरकारले आदिवासी जनजातीको हितमा काम गर्दा सस्कृतीको जगेर्ना हुने देखिन्छ ।’
सुर्यमुखि तमु समाजकी उपाध्यक्ष तिलकुमारी गुरुङ्गले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताइन ।
कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाइ सम्मान गरिनुका साथै तमु ल्छार पर्वका अवसरमा ३ दिवसीय शेरकप बास्केटवल प्रतियोगिता २०८१, विधि कार्यक्रम, सियोधागो उनाइ, ठेला हान्ने घैटो फुटाउने र कुर्ची दौड प्रतियोगिमा प्रथम र द्धितीय हुनेलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती, बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच–गान प्रस्तुत गरेका थिए । भने कार्यक्रमको संचालन सचिव लोकवहादुर गुरुङ्गले गरेका थिए ।







Discussion about this post