लेखनाथ, १७ पुस । पोखरा महानगरपालिका वडा नं २९ र ३० मा रहेको जनता बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिकोत्सवमा राखिएको रत्तदानमा ५८ युनिट रगत संकलन भएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि सहरकारीले स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदाईत्व कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम गरेको हो । यसैक्रममा बुधवार राखेको कार्यक्रममा निरोगी हुनका लागि पनि रत्तदान गर्नु पर्ने सन्देश दिईएको थियो ।
रोग लाग्न पुर्व स्वास्थमा पु¥याउनु पर्ने होशियारीका वारेमा जानकारी दिने गरि राखिएको रत्तदान कार्यक्रमका पहिलो रत्तदाता दयाराज भण्डारीलाई बल्ड ब्याग हस्तान्त्रण गर्दैै पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीले दान मध्यको सवैभन्दा ठुलो दान रत्तदान भएको हामीले दिएको दिएको रगतले दुर्घटनामा परेका देखि आपत विपतमा परेकाको ज्यान जोगाउन सकिने सुभाव राखेका थिए ।
सस्थाका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष कुल बहादुर रानाभाट, पुर्व अध्यक्ष सोभामोहन पौडेल, पावरहाउस वजार ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र गुरुङ,सेयर सदस्यहरुको तर्फबाट दिपकराम ढेवाजु लगाएतले रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए । सस्थाका सचिव भरतराज ओझाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सर्मीला श्रेष्ठले गरेकी थिईन ।
Discussion about this post