लेखनाथ, १३ पुस । ‘‘मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता एकता‘‘ भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी वढेको नेपाल रेडक्रस सोसाइटी पोखरा–२७, उपशाखा अर्घौंको नयाँ समितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी अर्घौं उप शाखाका सभापति तिलकशाली सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोधराज लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
नव गठित समितिको उप–सभापतिमा नारायणी भट्टराई, सचिवमा प्रभाकुमारी पौडेल लामिछाने, कोषाध्यक्षमा विष्णुकुमारी लामिछाने, उप–सचिवमा गिता लामिछाने, उप–कोषाध्यक्षमा कमल वस्ताकोटी र सदस्यहरुमा शिवराज लामिछाने, सिता सापकोटा, रामप्रसाद तिमिल्सेना, बलराम देवकोटा, र इन्दिरा लामिछाने रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा राजेन्द्रमणि लामिछाने, प्रकाशलाल श्रेष्ठ, गोपाल मणि लामिछाने, सिर्जना लामिछाने, सुर्यमणि लामिछाने, नारायणदत्त वस्ताकोटी र शिवहरी भण्डारी रहेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङ्गले नेपाल रेडक्रसलाई थप उचाइमा लैजाने समितिको प्राथमिकता रहेको बताए, उनले स्थानीय सरकार र साझेदारलाई रेडक्रसको अहिलेको सम्म भएका कार्यक्रम र अनुकुलन, समावेशीकरण, रेडक्रस सोसाइटीको नियम विधान अनुसार समसामयिक सुधारका योजना अगाडी बढाउन आग्रह गरे ।
पदभार ग्रहण गर्दै नव निर्वाचित सभापति बोधराज लामिछानेले रेडक्रसको आदर्श, सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात गर्दै रेडक्रसलाई जनसमक्ष लोकप्रिय बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार राजेन्द्रमणि लामिछाने, लेखनाथ, लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष गंगा खनाल, विशिष्ट सदस्य कृष्णराज तिमिल्सेना, पुर्व सल्लाहकार नारायण दत्त वस्ताकोटी र पुर्व न्यायधिस वासुदेव न्यौपाने लगायतले रेडक्रसको महत्वको बारेमा बोलेका थिए । भने कार्यक्रमको संचालन सचिव गोपालमणि लामिछानेले गरेका थिए ।
Discussion about this post