लेखनाथ, १३ पुस । अगामी पुसको १८ गते देखि कास्कीको लेखनाथमा हुन लागेको २०औं संस्करणको लेखनाथ महोत्सवमा महिला तथा आमा समुहका विच हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा महिलाहरुलाई गीत संगित र रत्यौलीमा मात्र सिमित नराखी उनिहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उदेश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाविच हाजिर जवाफ प्रतियोगिता गर्न लागिएको हो ।
“महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन विकास र समृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा मातृशत्तिको सम्मानमा फरक किसिमको कार्यक्रम मार्फत यो वर्ष ३२ वटा महिला समुहकाविच हाजिरी जवाफ प्रतियोगिता गर्न लागिएको प्रतियोगिता ब्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले जानकारी दिएकी छन् ।
महोत्सवमा प्रत्येक दिन चार समुह विच प्रतिष्पर्धा गराउँदै जाने र सेमिफाईनमा प्रवेश गरेका आठ समुह मध्ये चार समुहलाई रु पाँच÷पाँच हजार र प्रतियोगितामा प्रथम हुने समुहले २५हजार, द्धितियले २० हजार, तृतियले १५ हजार र सान्त्वनाले १० हजार पुरस्कार पाउने भएका छन् ।
महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिव तीन सय ३५वटा स्टलहरु रहनेछन ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।
Discussion about this post